नागरिक पोष्ट News


तारकेश्वर नगरपालिका वडा न ९ द्धारा ज्यालाादारी तथा निम्नवर्गलाई अत्यावश्यक खाद्यान्न बितरण

3.9K

काठमण्डौ - तारकेश्वर नगरपालिका वडा न ९ ले दैनिक मजदुरी ज्यालादारी श्रम गरि काम गर्न निम्न वर्ग भएका  बिहान र बेलुकाको छाक टारन कठिन हुने मानिस लाई राहत वितरण गरिएको छ।अहिले विश्वमा फैलिएको कोरोना भाईसको कारण नेपाल लकडाउनको अबस्थामा रहेको छ।

यो अवस्थामा  दैनिक मजदुरी गरी काम गरि खाने वर्ग लाई काम र्गन नपाए पछि छाक र्टान कठिन भए पछि राहत दिएको हो । वडा न ९ मा ५८२ जना लाई नेपाल यो समयमा वडाले दिएकों राहत वितरणले बिहान बेलुका छाक टान कठिन भएका मजदुरी गरि खाने लाई ठुलो सहयोग पुगने बासुकि नाग टोल सुधार समितिका अध्यक्ष हरि प्रसाद पाठकले बताउनु भयो ।

राहत वितरणबारे बोल्दै वडा अध्यक्ष बलराम सिटौलाले करिव ८–९ सय फर्मबाट भेरीफाइ गरेर ५८५ परिवारलाई मात्र वितरण गरेको बताएका छन् । नेपाल सरकारको मापदण्डअनुसार नै राहत वितरण गरेका छौं । न्यून अनयउ भएका ज्यालादारीमा काम गर्ने छाक टार्न मुस्किल जनतालाई मात्र राहत वितरण गरेका छौं ।

तेस्तै अन्नपुर्ण टोल सुधार समितिका अध्यक्ष उतम श्रेष्ठले लकडाउनको समयमा वडा ले दिएको राहतले निम्न वर्गका ज्यालादारी मजदुरी काम गरिखाने लाई राम्रो सहयोग पुगेको बताउनु भयो ।

सरकारले तोकेको मापदण्डमा रहेर वडा ले राहत वितरण गरिएको वडा न ९ का वडा अध्यक्ष बलराम सिटौलाले जानकारि दिनु भयो। वडा ले ३ स्थान शुभकामना चोक को ढकाल खाध्य, स्टोर मनमैजु मा वि ,बासुकि नाग टोलको पाठक टेडिङ कन्सन खाध स्टोर बाट वितरण गरिएको थियो ।

Must View