नागरिक पोष्ट News


तीनसातामा बेलायतमा तीन पूर्व गोर्खासहित ५ नेपालीको मृत्यु

1.9K

बेलायतमा तीनसाताको अन्तरालमा ५ जना नेपालीको निधन भएको छ । बुधबार ५८ वर्षका शिव श्रेष्ठको निधन भएपछि मृतक नेपालीको संख्या ५ पुगेको छ ।  मंगलबारमात्रै कोरोना भाइरस संक्रमणका कारण लन्डन बस्ने भूतपूर्व गोर्खा सैनिक चेतप्रसाद गुरुङको निधन भएको थियो । लण्डनमा नेपालबाट परिवारका सदस्यलाई भेट्न आएका एकजना बृद्धको मृत्यु भएको छ । उनको मृत्युबारे परिवारले विवरण खुलाउन चाहेन ।यसअगाडि बेलायतको साउथ इस्ट प्लमस्टेटमा बसोबास गर्दै आएका ४० बर्षका प्रशान्त अर्यालको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

Must View