नागरिक पोष्ट News


देशभर ८ हजार व्यक्ति ‘क्वारेन्टाइन’ र १९३ जना ‘आइसोलेसन’मा

1.7K

काठमाडौं, चैत २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘क्वारेन्टाइन’मा रहेकाहरुको स्वास्थ्य परीक्षणका लागि प्रत्येक प्रदेशमा पाँच हजारका दरले ‘टेस्ट किट’ पठाएको जनाएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बिहीबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले देशबाहिरबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको कोरोना परीक्षणका लागि प्रदेशहरुलाई किट उपलब्ध गराइएको बताए ।

हाल विभिन्न स्थानमा सात हजार ९४० जना क्वारेन्टाइनमा रहेको भन्दै डा. देवकोटाले बागलुङ, म्यादी र पर्वतमा पनि ‘र्‍यापिड टेस्ट’ सुरु भइसकेको बताए ।

यस्तै, कैलाली र कञ्चनपुरबाट आएका ६६ जनाको परीक्षणमा कोरोनाभाइरस नदेखिएको र अरु नमुनाहरु परीक्षण भइरहेकोे उनले जानकारी दिए ।

डडेल्धुरा र बैतडीमामा किट पुगेको, अछाम र जुम्लामा परीक्षण भइरहेको भन्दै उनले ती जिल्लाहरुमा ४०० जनाको नमुना परीक्षण गरिने जानकारी दिए ।

Must View