राहत बाँडेको फोटो / भिडियो फेसबुकमा नराख्न सरकारको यस्तो निर्देशन
2.3K
काठमाडौं । लकडाउन गरिएका कारण समस्यामा परेकाहरुलाई राहत वितरण गरिएका फोटो तथा भिडियोहरु सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत् प्रचार नगर्न सरकारले मातहतका निकायलाई निर्देशन दिएको छ ।
राहत वितरणको सस्तो प्रचार गरेर गरिबीको मजाक उडाइएको निष्कर्ष निकाल्दै सरकारले त्यस्ता गतिविधि नगर्न निर्देशन दिएको हो ।
कतिपयले आफूखुसी राहत बाँड्दै र कतिपयले स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षाका लागि लगाउने पीपीई लगाएर फोटो खिचाएर सामाजिक सन्जालमा राखेपछि व्यापक बिरोध आएपछि यसकारले यस्तो निर्देशन जारी गरेको बताएको छ ।