नागरिक पोष्ट News


भारतमा कोरोनाबाट १२४ जनाको मृत्यु, संक्रमित संख्या ५ हजार

2.1K

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ, भने  संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ नाघेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर बढेको छ । भारतमा अप्रिल २ तारेखसम्म संक्रमितको संख्या २५ सय ८० रहेको थियो ।

मंगलबार महाराष्ट्रमा मात्र एक सय ५० जना संक्रमित भेटिएका छन् । यो एउटै राज्यमा एक दिनमा संक्रमित हुनेको सबैभन्दा बढी हो । यहाँ संक्रमितको संख्या करिब एक हजार पुगेको छ ।

भारतमा कोभिड १९ का कारण मंगलबार १४ महिनाको शिशुको पनि मृत्यु भएको छ । 

दिल्लीमा ५ सय ७६ जनामा संक्रमण भेटिएको छ भने मृतक संख्या नौ जना पुगेको छ । दिल्लीमा मंगलबार दुई जनाको मत्यु भएको छ । दिल्लीमा ३५ जना गम्भीर अवस्थाका बिरामी छन्, जसलाई आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था छ ।

तेलंगानामा मंगलबार २३ दिनको शिशुसहित ४० जना नयाँ सक्रमित भेटिएका छन् । यहाँ संक्रमितको संख्या चार सय चार पुगेको छ । गुजरातमा मंगलबार तीन जनाको मृत्यु भई मृतक संख्या १६ पुगेको छ ।

महाराष्ट्रमा मंगलबार १२ जनाको मृत्यु भएको छ, यहाँ मृतक संख्या ६४ पुगेको छ । मृत्यु हुने १२ जनामध्ये ६ जना मुम्बईका रहेका छन् र ३ जना पुगेका छन ।

तालिमनाडुमा ६९, मध्ये प्रदेशमा ६३, दिल्लीमा ५१, राजस्थानमा ४२, तेलंगानामा ४० र हरियाणामा ३३ नयाँ संक्रमित भेटिएका छन् ।

भारतको उत्तर प्रदेशमा अहिलेसम्म तीन सय पाँच जना संक्रमित भेटिएका छन् भने तीन जनाको मृत्यु भएको छ । विहारमा ३२ जना संक्रमित छन् भने एक जनाको मृत्यु भएको छ ।

Must View