नागरिक पोष्ट News


कालीमाटीमा तरकारी कारोबार बन्द, अब काठमाण्डौका यी ११ ठाउँबाट तरकारी बेचिने

3.2K

काठमाण्डाै। काेराेना भाइरस संक्रमण नियन्त्रणकाे लागि काठमाण्डौको मुख्य थोक बजार कालीमाटीमा केही दिन फलफूल तथा तरकारीकाे कारोबार नहुने भएको छ । कालीमाटी बजारमा तरकारी र फलफूल किन्न जानेको भीड लाग्ने गरेपछि काठमाण्डाैका विभिन्न ११ ठाउँबाट तरकारी तथा फलफूल बेच्ने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार अब केही समय कालीमाटीमा तरकारी तथा फलफूलकाे भण्डारण मात्र गरिने छ ।

लकडाउनका कारण बिहान २ बजेदेखि ६ बजेसम्म बजार खुल्ने गरेकाेमा भीड बढेपछि काठमाण्डौका विभिन्न ११ वटा ठाउँमा तरकारी बिक्रीकाे व्यवस्था गरिएको काठमाण्डौ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका अनुसार कलङ्की चोक, बाफल चोक, स्वयम्भू चोक, वनस्थली चोक, गोङ्गबु चोक र बसुन्धरा चोकमा तरकारी पसल खोल्ने निर्णय गरेको छ । यस्तै गोपीकृष्ण हल चोक, तीनकुने चोक, लैनचौर, रत्नपार्क र कोटेश्वर चोकमा तरकारी पसल खोलिने समितिले जनाएको छ । 

Must View