बचत र मुद्दतीको ब्याज घट्यो, बाणिज्य र विकास बैंकले कति - कति घटाए
वाणिज्य बैंकहरुले निक्षेपको ब्याज दर घटाएका छन् । सोमबार नेपाल बैंकर्स संघले १ प्रतिशत आधारदर घटाउन सहमति गरेको थियो । संघको सोही सहमति अनुसार बैंकहरुले निक्षेपको ब्याजदर घटाएका हुन् ।
बाणिज्य बैंकहरुले मुद्दति, बचत र कल डिपोजिटको ब्याज दर एकदेखि डेढ प्रतिशत विन्दुसम्मले घटाएको जनाएका छन् । बैंकहरुले बुधबार दैनिक पत्रिका मार्फत सूचना जारी गर्दै निक्षेपको ब्याजदर घटाएको जानकारी दिएका हुन् ।
बैंकहरुले एक वर्षे ब्यक्तिगत मुद्दति निक्षेपका ब्याज दर ८.७५ प्रतिशत तोकेका छन् । संस्थागत निक्षेपकर्ताको ब्याज दर ८ प्रतिशत दिने भएका छन् । यसअघि बैंकहरुले संस्थागत निक्षेपमा ९.५ प्रतिशतसम्म ब्याज दिँदै आएका थिए । नवीकरण गर्ने निक्षेपको ब्याज भने दर ८.१ प्रतिशत हुने संघले जनाएको छ । बैंकले बचत खातामा साढे ६ प्रतिशतसम्म दिँदै आएकोमा घटाएर ५.५ प्रतिशतमा झारेका छन् । केही बैंकहरुले भने ५ प्रतिशत ब्याज तोकेका छन् ।
विकास बैंकहरु पनि ब्याजदर घटाउँदै
वाणिज्य बैंकहरुले ब्याजदर घटाएपछि विकास बैंकहरुले ब्याजदर घटाउने भएकाा छन् । विकास बैंकहरुले बचतको ब्याजदर बढीमा ६।५ प्रतिशत, व्यक्तित मुद्धती निक्षेपको ब्याजदर अधिकतम ९।२५ प्रतिशत र संस्थागत निक्षेपको ब्याजदर अधिकतम ८ प्रतिशत कायम गर्न सक्नेछन् ।
यसअघि विकास बैंकहरुबीच बचतमा अधिकतम ७ प्रतिशत र मुद्धतिमा १० प्रतिशत ब्याज कायम गर्ने भद्र सहमति भएको थियो ।