नागरिक पोष्ट News


अमेरीकामा कोरोनाको रुप डरलाग्दो : एकै दिन १८ सय ५८ जनाको मृत्यु, लाखौं अमेरीकीहरु चिन्तित

2.5K

एजेन्सी चैत्र २६ । चीनबाट शुरु भएर अमेरीकामा पुगेको कोरोनाले त्याहाँ डरलाग्दो रुप लिदै गएको छ । अहिले सम्मकै सबै भन्दा धेरै १८ सय ५८ जना अमेरीकी नागरिकले ज्यान गुमाएका छन् । सबै भन्दा धेरै न्यूयोर्क राज्यमा मात्रै ८ सय ६ जनाको मृत्यु भयो भने बाँकी एक हजार ५८ जनाको अन्य राज्यमा मृत्यु भयो । अहिले सम्म त्याहाँ मृत्यु हुनेको संख्या १२ हजार ८ सय ९३ पुगेको जोन हप्किन्स विश्व विद्यालयको हेल्थ सेन्टरले जनाएको छ । त्यसै गरी संक्रमितको संख्या समेत ह्वात्तै बढेर ४ लाख पुगेको छ । संक्रमण र मृत्यु ह्वात्तै बढेसगँै धनी भनिएको अमेरीकामा मास्क, पिपिई, भेन्टिलेटर जस्ता स्वास्थ्य सामाग्रीहरुको ठूलो मात्रामा अभाव भएको छ । मास्क समेत नपाए पछि नर्सहरु आन्दोलित छन् । न्यूयोर्क सहित कतिपय राज्यमा घरमै बस्न निर्देशन जारी गरिएको छ नागरिकहरुलाई भनेकतिप राज्यहरु खुल्लै छन् । स्वास्थ्य अधिकारीहरुले कोरोना तत्काल निर्मुल हुने संभावना नरहेको भन्दै मृत्यु र संक्रमण अझै बढ्न सक्ने चेतावनी यस अघि नै दिदै आएका छन् । रोजगारी र आर्थिक अभावले लाखौं अमेरीकीहरुलाई चिन्तित बनाएको छ ।

Must View