नागरिक पोष्ट News


एकै पटक चार सन्तान जन्माएकी सादिक करोनाबाट संक्रमणबाट यसरी अस्ताइन

2.6K

सन् २००६ को जुन २६ मा एकै पटक चार वटा बच्चा त्यो पनि विना अप्रेसन जन्माएर चर्चामा आएकी बेलायती नागरिक सबनम सादिकले प्रकृतिमाथि ठूलो चूनौती दिएकी थिईन् । चिकित्सकहरले अप्रेसन बिना बच्चा जन्माउन नसकिने भनिरहेका बेला उनले सामान्य सिजर पछि चार वटा सन्तान एकै पटक जन्माएकी थिईन् । त्यस पछि अर्को पनि एउटा सन्तान गरेर उनी पाँच सन्तानकी आमा थिईन् । तर अहिले कोरोनाको चूनौती थेग्न सकिनन् र उनको निधन भयो । बेलायतको लेबर पार्टीको स्लोग बोरोउग काउन्सीलर समेत रहेकी उनी बालबालिका र शिक्षा सम्बन्धि क्षेत्रमा समेत काम गर्ने ती सक्रिय महिलाले ३९ बर्षको उमेरमै आफ्ना ५ सन्तान र पतिलाई छाडेर बिदा भएकी छन् । चुम्ल्याहा सन्तान अहिले १३ बर्षको भएका छन् । सोमबार २४ दिन सम्म भेन्टिलेटरमा रहेर सास फर्ने कोशिस गरेकी सादिकले अन्ततः कोरोनासगँ हारिन र सधैका लागि बिदा भईन् । उनी गत मार्च महिनाको शुरु तिर पाकिस्तानमा नातेदारको बिबाह समारोहमा भाग लिन गएर फर्किए पछि कोरोना लागेको डेलिमेलले जनाएको छ ।

Must View