नागरिक पोष्ट News


कोरोनाका कारण विश्वभर ८२ हजारकोमृत्यु, संक्रमित १४ लाख २५ हजार, तीन लाख निको भए

1.6K

 कोरोनाका कारण विश्वभर मृत्यु हुनेको संख्या करिव ८२ हजार पुगेको छ  ।

१४ लाख २५ हजार ८ सय ६८ जना संक्रमितमध्ये तीन लाख एक हजार ८ सय २८ जना उपचारपछि घर फर्किएका छन् ।

 कोरोना भाइरसका कारण फ्रान्समा १० हजार भन्दा बढीको मृत्यु भएको छ । 

कोरोनाका कारण अमेरिकामा हालसम्म  १२ हजार ६ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । यस्तै स्पेनमा पछिल्लो पाँच दिनको तुलनामा मृत्यु हुनेको संख्या बढेको छ ।

स्पेनमा पछिल्लो चौबिस घण्टामा ७४३ जनाको मृत्यु भएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १४ हजार भन्दा बढी भएको छ ।

कोरोनाको संक्रमण रोक्न जापानले यसअघि नै ६ महिनाको आपतकालीन अवस्था घोषणा गरेको छ भने अधिकांश देशले आफ्ना हवाइ तथा स्थलगत नाकाहरु बन्द गरेका छन् ।

कतिपय देशले आफ्ना नागरिकलाई घरमै बसेर कोरोनाको संक्रमणबाट बच्न आग्रह गरेको समाचारमा जनाइएको छ ।

यसैबीच कोरोनाको संक्रमणपुष्टि भएको दश दिनपछि अस्पताल भर्ना भएका बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई आइसीयुरमा राखिएको छ ।

 

(एजेन्सी)

Must View