१७५ रुपैयाँमा १०० एमएलको स्यानिटाइजर
1.1K
। नेपाल औषधि लिमिटेडले स्यानिटाइजर उत्पादन सुरु गरेको छ । बजारमा स्यानिटाइजरको अभाव भएपछि बबरमहलस्थित कम्पनीले उत्पादन सुरु गरेको हो ।
तर, स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागले भने सहयोग नगरेको औषधि लिमिटेडले जनाएको छ । हाल कम्पनीसँग ३० हजार बढी बोतल स्यानिटाइजर मौज्दात रहेको छ ।
विश्व स्वास्थ संगठनको मापदण्डअनुसार कुनै व्याक्टेरिया वा भाइरस निर्मुल गर्न स्यानिटाइजरमा अल्कोहलको मात्रा ७० देखि ८० प्रतिशत हुनुपर्छ । कम्पनीले सोही मापदण्डअनुसार नै उत्पादन गरिरहेको छ ।
कम्पनीले उत्पादन गरिरहेका यी स्यानिटाइजर बजारमा विभिन्न्न अस्पताल तथा सरकारी निकायले खरिद गर्न थालेको कम्पनीले जनाएको छ ।
१०० एमएलको स्यानिटाइजरको बजार मूल्य १७५ रुपैयाँ तोकिएको छ ।