नागरिक पोष्ट News


दुबै मृगौला फेल भएकालाई घरबेटीले निकालिदिए, रिमा सापकोटाले कोठामै पुगेर यसरी सहयोग गरिन्

1.7K

सलुट ! रिमा सापकोटा जसले मृगौला पीडित परिवारलाई कोठामै पुगेर यसरी सहयोग गरिन् 

- सबु बस्नेत, काठमाडौं

कोरोना भाइरसका कारण मुलुक यतिखेर ३ हप्ता लामो लकडाउनमा छ । यो आपतकालीन अवस्थामा नुवाकोटका दुवै मृगौला फेल भएका एक युवकको परिवार बिचल्लीमा परेको खबरलाई समाजसेवी रिमा सापकोटाले फेसबुकमार्फत भिडियो सहित जानकारी गराएकी छिन् । नुवाकोटका २५ वर्षीय युवकलाई घरबेटीले निकालिदिएको दुःखद खबर सुन्नुपरेको छ ।

 घरबेटीले निकालिदिएपछि यी युबा लाला बाला सहित आफन्तको आश्रय लिन बाध्य भएका छन् । तर यो अबस्थामा उनीहरुसँग खानेकुरा छैन भने खानेकुराका लागि पैसा समेत छन् । दुइवटा बालबच्चाहरु रुदै कराउदै गरिरहेको कारणिक दृश्य छ । समाजसेवी रिमालले यो जानकारी पाएपछि पीडितको कोठामै गएर भिडियो आफ्नो फेसबुका सार्वजनिक गरिन् । पीडित परिवारको लागि सहयोगको लागि  सेवा नै ठूलो धर्म हो भनी अपील गरन् ।

सलुट ! रिमा सापकोटा, जसले मृगौला पीडितलाई कोठामै पुगेर यसरी सहयोग गरिन्

आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको भिडियोमार्फत केही सहयोग जुट्यो । जुटेको सहयोगलाई दोस्रोपटक रिमा सापकोटा सहयोगीहरु सहित मिलेर मृगौला पीडित बसेको बुढानीलकण्ठको बसीगाउँ भन्ने टोलमा पुगेर हस्तान्तरण गरेकी छिन् । चामल, दाल तरकारी लगायतका खाद्यान्न र केही रकम समेत रिमाले मृगौला पीडितको परिवारलाई हस्तान्तरण गरेकी हुन् । सो हस्तान्तरणको जानकारी पनि रिमाले आफ्नो फेसबुक पेजमार्फत लाइभ भिडियो मार्फत सबैमा गराएकी छिन् ।

यस्तो असहज परिस्थितीमा पनि रिमा सापकोटाले गरेको यो सामाजिक काम अति नै सर्हानीय र प्रशंसायोग्य छ भने उनको यो सामाजिक कार्यमा सहयोग गर्ने सबैप्रति नमन गर्नैपर्दछ । सहयोगी हातहरुलाई रिमाले विशेष धन्यवाद समेत दिएकी छिन् । 

रिमा सापकोटा सहयोगी मनकारी छिन । उनी अरुको दुख पीडा देख्नै सक्तिनन् र सहयोगको लागि जसरी भए पनि होमन्छिन् । उनले हिमालयन बृद्धाश्रममार्फत ५० भन्दा बढी असाहय बेसहारा बृद्ध बृद्धाहरुलाई पालन पोषण गरिरहेकी छिन् । मान्नैपर्दछ रिमाको यस साहसिक सामाजिक कामलाई, अनुकरणीय उदाहरणीय छन् रिमाका हरेक सामाजिक कामहरु । हामी सबैले यस्ता सामाजिक कामका लागि कुनै न कुनै तवरबाट सहयोग पुर्याउन सकेमा यो मानव चोलाको सार्थकता रहनेछ ।

Must View