यूएईमा एक नेपाली महिलाकाे मृत्यु काेराेनाबाट भएको पुष्टि
1.7K
संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा कार्यरत एक नेपाली महिलामा मृत्युपछि उहाँकाे मृत्यु कोरोनाबाट भएकाे पुष्टि भएको छ । १० वर्षदेखि यूएईमा कार्यरत रुपन्देही देवदह ६ खैरेनीकी बिनु पराजुलीको शुक्रबार मृत्यु भए पनि सोमबार कोरोनाका कारण मत्यु भएको अस्पतालले पुष्टि गरेको हो ।
मृतकका आफन्तबाट प्राप्त कागजमा मृत्युको कारण कोरोना उल्लेख भएको यूूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताउनुभयो ।
News Source : Ujyaaloonline