नागरिक पोष्ट News


खाडीका देशमा कोरोनाको पछिल्लो अवस्था, २९ नेपालीको सङ्क्रमित

1.9K

काठमाण्डाै – खाडीका देश र मलेसियामा काेराेना सङ्क्रमित नेपाली श्रमिककाे सङ्ख्या २९ पुगेकाे छ। । अहिलेसम्म बहराइनमा १२, यूएईमा ११, साउदीमा ४, कुवेतमा १ र मलेसियामा १ जना गरी जम्मा २९ जना  नेपाली श्रमिकलाई कोरोना सङ्क्रमण भएकाे पाइएकाे छ । तर यूएईमा भने दुई जना निको पनि भइसकेका छन् । ९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले  त्यहाँकाे सरकारले पनि सुरक्षा सतर्कता  बढाएको छ । तपाईँ खाडीका देश र मलेसियामा हुनुहुन्छ भने कुनै स्वास्थ समस्या भएमा वा कोरोनाको शंका लागेमा तुरुन्त स्वास्थ्य जाँच गर्नुहोस् ।

नेपालीले काम गर्ने खाडीका ६ देश र मलेसियाको पछिल्लो जानकारी :

सङ्क्रमित सङ्ख्या : १८ सय ३२ ज‍ना । 

निको भएर घर फिरेकाहरु : १३१ जना ।

अस्पतालमा उपचाररत : १६ सय ९७ जना ।

मृतकको सँख्या : ४

यूएईका पर्यटकीय स्थलहरु, विद्यालय, सिनेमा हल, रेस्टुरेन्ट, बार, नाइट क्लब तथा धेरै मानिसको जमघट हुने क्षेत्रहरु बन्द भइसकेका छन् । 

कुनै स्वास्थ्य समस्या देखा परेमा यूएईको स्वास्थ्य सेवा विभाग आवुधावीमा ८००१७१७ मा सिधै सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : २ हजार ७६ (११ जना नेपालीसहित । सङ्क्रमित दुई जना नेपाली श्रमिक निकाे भइसकेका छन् ।)

निको भएर घर फिरेकाहरु : १६७

अस्पतालमा उपचाररत : १८ सय ९८

मृतकको सँख्या : ११

साउदीमा कोरोनाको सङक्रमण बढेपछि रोकथामका लागि लगाइएको कर्फ्युक‍ो समय लम्बिएको छ । मक्का र मदिना क्षेत्रमा अनिश्चितकालका लागि २४ घण्टे र दम्माम, ताइफ र कतिफमा दिउँसो तीन बजेदेखि नै कर्फ्यु लाग्छ

सङ्क्रमित सङ्ख्या : २६ सय ०५ जना (चार जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : ५५१

अस्पतालमा उपचाररत : दुई हजार ०६

मृतकको सँख्या : ३८

बहराइनमा अवतरण गर्ने उडानहरु १८ मार्चदेखि अनिश्चितकालका लागि बन्द गरिएका छन् । बहराइनले सबै लेबर क्याम्प सरसफाइ गर्ने र प्रत्येक क्याम्पमा क्वारेन्टाइनको व्यवस्था गरेको छ । 

सङ्क्रमित सङ्ख्या : ७ सय ५६ (१२ जना नेपालीसहित) 

निको भएर घर फिरेकाहरु : ४५८

अस्पतालमा उपचाररत : २९४

मृतकको सङ्ख्या : ४

कुवेत सरकारले सार्वजनिक क्षेत्रका श्रमिकलाई दुई हप्ताको बिदा दिएको छ । रेस्टुरेन्टदेखि शिक्षण संस्था समेत बन्द गरिएका छन् । कुवेतले सबै व्यावसायिक उडान पनि बन्द गरेको छ ।

सङ्क्रमित सङ्ख्या : ६ सय ६५  (एक जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १०३ जना ।

अस्पतालमा उपचाररत : ५६१ जना ।

मृतकको सङ्ख्या : १

कुनै समस्या परेमा कुवेतमा रहेको नेपाली दूतावासको फोन नम्बर ००९६५२५३२१६०३ मा सम्पर्क गर्नुहोस् । 

सङ्क्रमित सङ्ख्या : ३३१ जना ।

निको भएर घर फिरेकाहरु : ६१ जना ।

अस्पतालमा उपचाररत : २६८ जना ।

मृतकको सँख्या : २

कोरोनाको सङ्क्रमण फैलन नदिन अप्रिल १४ सम्म मलेसियामा ‘लकडाउन’ नै गरिएको छ । यस अवधिमा नेपालीसहित कुनै पनि विदेशी नागरिक मलेसिया प्रवेश गर्न पाउँदैनन् । यस अवधिका लागि सबै शिक्षण संस्थाहरु बन्द गरिएको छ भने खेलकुद, धार्मिक कार्यक्रम लगायत कुनै पनि किसिमका भेला गर्न रोक लगाइएको छ । 

सङ्क्रमित सङ्ख्या : ३७ सय ९३  (एक जना नेपालीसहित)

निको भएर घर फिरेकाहरु : १२ सय ४१

अस्पतालमा उपचाररत : २४ सय ९०

मृतकको सङ्ख्या : ६२

- News Source : https://ujyaaloonline.com/

Must View