नागरिक पोष्ट News


कोरोना भाइरसबाट भारतमा एकै दिन २८ जनाको मृत्यु, संक्रमित संख्या ४४ सय २१

2.7K

कोरोना महामारीबाट भारतमा एकै दिन २८ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा मृत्यु हुनेको संख्या ११४ पुगेको छ। 

भारत सरकारले जनाए अनुसार, देशभर संक्रमित संख्या ४४ सय २१ पुगेको छ। महाराष्ट्र सवैभन्दा धेरै प्रभावित बनेको छ। त्यहाँ संक्रमित संख्या ७४८ पुेको छ। 

तमिलनाडुमा ५७१ संक्रमित देखिएका छन् भने दिल्लीमा ५२३ जनामा संक्रमण देखिएको छ। केरलामा ३१४ जनामा संक्रमण देखिएको छ। 

तेलंगामा ३२१, राजस्थानमा २७४ जना, आन्द्र प्रदेशमा २२६, र मध्ये प्रदेशमा १६५ जना संक्रमित देखिएका छन् ।

कर्नाटकमा १५१ र गुजरातमा १४४ जनामा संक्रमण देखिएको छ। कश्मीरमा १०९, हरियानामा ८४ र पञ्जाबमा ७६ जना संक्रमित देखिएका छन्। नेपालसँग सीमा जोडिएको बिहारमा ३२ जना र उत्तरप्रदेशाम ३०५ जनामा संक्रमण देखिएको छ। भारतको लगभग सवैजसो राज्यमा कोरोनाको संक्रमण देखिएको छ। 

मृत्यु हुनेमा पनि महाराष्ट्र बढी छ। त्यहाँ ४५ जनाको मृत्यु भएको छ भने गुजरातमा १२ जनाको मृत्यु भएको छ। मध्य प्रदेशमा नौ जना, तेलंगा र दिल्लीमा सात–सात जनाको मृत्यु भएको छ। तमिल नाडुमा पाँच र पञ्जाबमा छ जनाको मृत्यु भएको छ।

 

Must View