प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा ११ बजे सम्बोधन गर्ने
2.4K
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार बिहान ११ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा टिव्टरमा यसबारेमा लेख्नुभएको छ । उहाँका अनुसार प्रधानमन्त्रीले बालुवाटारबाटै सम्बोधन गर्ने हुनु भएको छ ।
प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने सूर्य थापाले जानकारी दिनुभएकाे छ ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा अाेलीज्यूले आज बिहान ११:०० बजे राष्ट्रका नाममा सम्बाेधन गर्नुहुने भएकाे छ । नेपाल टेलिभिजनकाे प्रत्यक्ष प्रशारणमार्फत बालुवाटारबाट उहाँकाे संबाेधन सार्वजनिक हुनेछ । सबै संचारमाध्यमहरूलाई NTV Live पछ्याउनु हुन अनुराेध गरिन्छ ।