नागरिक पोष्ट News


बेलायतका प्रधानमन्त्री जोनसन आईसीयूमा, कोरोनाभाइरस संक्रमणपछि स्वास्थ्य अबस्था जटिल बन्दै

1.6K

एजेन्सी । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनमा कोरोनाभाइरस संक्रमणका लक्षणहरू खराब भएपछि अस्पतालको सघन उपचार कक्ष आईसीयूमा सारिएको छ ।

प्रधानमन्त्री कार्यालय डाउनिङ्ग स्ट्रीटका प्रवक्ताले प्रधानमन्त्री जोनसनलाई चिकित्सकको टोलीको सल्लाहमा सघन उपचार कक्षमा सारिएको र उनको उचित हेरबिचार भइरहेको बताएका छन् ।

उनले प्रधानमन्त्री जोनसनले विदेशमन्त्री डोमिनिक राबलाई “जहाँ आवश्यक पर्छ“ त्यहाँ आफ्नो तर्फबाट जिम्मेवारी सम्हालिदिन भनेको बताएका छन् ।

५५ वर्षीय प्रधानमन्त्री जोनसनलाई भेन्टिलेटरमा भने राखिएको छैन । उनलाई आइतवार सांझ लण्डनस्थित सेन्ट टमसेज अस्पतालमा भर्ना गरिएको थियो ।

Must View