नागरिक पोष्ट News


विश्वमा कोरोनाबाट साढे ७४ हजारको मृत्यु, संक्रमितको संख्या १३ लाख ४३ हजार

2K

काठमाडौं । विश्वमा महामारीको रुपमा फैलिएको नोबल कोरोना भाइरस कोभिड–१९ बाट संक्रमित हुनेको संख्या १३ लाख ४३ हजार ५ सय ५७ पुगेको छ ।

मृत्यु हुनेको संख्या पनि बढेर ७४ हजार ६ सय २६ पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार संक्रमित मध्ये २ लाख ७८ हजार २ सय ४८ जना उपचारपछि निको भएका छन् ।

संक्रमित मध्ये ४७ हजार बढीको अबस्था गंभीर रहेको छ । अमेरिकामा सबैभन्दा बढी ३ लाख ६४ हजार ८ सय ८५ जना संक्रमित छन् भने १० हजार ८ सय ५९ जनाको मृत्यु भएको छ ।

स्पेनमा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ पुगेको छ । स्पेनमा थप ७ सय जनाको मृत्यु भएपछि मृतकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ ।

अर्को यूरोपेली मुलुक इटलीमा १ लाख ३२ हजार ५ सय ४७ जना संक्रमित भएका छन् भने १६ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । त्यहां थप ६ सय ३६ जनाको मृत्यु भएको छ ।

यस्तै, जर्मनीमा १ लाख ३ हजार ३ सय ७४ जना संक्रमित भएका छन् । १ हजार ८ सय १० जनाको मृत्यु भएको छ ।

फ्रान्समा कोरोना संक्रमितको संख्या ९८ हजार १० पुगेको छ । मृतकको संख्या ८ हजार ९ सय ११ पुगेको छ ।

उता इरानमा संक्रमितको संख्या ६० हजार ५ सय र ३ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या  बढेर ५१ हजार ६ सय ८ पुगेको छ ।

५ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । भारतमा पनि कोरोनाको प्रकोप बढिरहेको छ ।

त्यहा संक्रमितको संख्या ४ हजार ६ सय ८१ र मृतकको संख्या १ सय ८७ पुगेको छ ।

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६६ पुगेको छ । ५३ जनाको मृत्यु भएको छ ।(एजेन्सी)

Must View