नागरिक पोष्ट News


जापानमा पनि ६ महिना आपतकाल घोषणा गर्ने तयारी

1.2K

रोना भाइरस (कोभिड–१९) को प्रकोपलाई जापानी प्रधानमन्त्री आबे शिन्जोले संक्रमण प्रभावित ७ वटा प्रान्तमा आपतकालीन अवस्था घोषणा गरेका छन् ।आपतकालीन अवस्था मंगलबारदेखि आगामी एक महिनासम्म लागू हुने भएको छ ।

६ महिना आपतकाल घोषणा गर्ने जापानको तयारी

जसअनुसार आगामी मे ६ तारिखसम्म त्यस्तो आपतकाल लागूहुने भएको छ ।संकटकालीन अवस्था लागू हुने प्रिफेक्चरहरुमा राजधानी टोकियो, साईतामा, चिबा, खानागावा, ओसाका, ह्योगो र फुकुओका रहेको साेमबार साँझ आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री आबे शिन्जोले बताएका छन् ।

अहिलेसम्म जापानमा तीन हजार पाँच सयभन्दा धेरै मानिसमा कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ । साथै यसबाट ज्यान गुमाउनेको संख्या पनि ८५ पुगेको छ । अन्य मुलुकको तुलनामा जापानमा यो भाइरसको विस्तार कम हो । तर, पछिल्लो केही समययता भने जापानमा संक्रमितको संख्या भने बढिरहेको छ । विशेषगरी जापानको टोकियोमा उल्लेख्य संख्यामा संक्रमित बढेका छन् । अहिले टोकियोमा मात्र एक हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित छन् ।

Must View