नागरिक पोष्ट News


हेर्नुहोस् २०७७ सालमा यी ८ राशीमा अढैया साँढेसाती शनि चल्दैछ, कसरी बच्ने ? शनि साँढेसातीबाट

17.4K

२०७७ सालमा ८ राशीलाई अढैया साढेसाँती शनि दशा छ । जसबाट दुःख कष्ट, व्यापार व्यवसायमा हानी नोक्सानी गराउँछ । पारिवारिक अशान्ति, रोजगारीमा बाधा व्यवधान समेत उत्पन्न गराउँछ । धनहानी झैझगडा समेत आइपर्दछ, साढेसाती शनि दशाका कारण । झुटा आरोप लाग्ने शरीरमा आलस्यता रोगव्याधीले समेत सताउनेछ । मुद्दामामिला, चोटपटक, धनको नाश गराउनेछ ।  साढेसाँती शनि दशा भएको यी ८ राशीहरु यसप्रकार छन्

१. वृष राशी  वृष राशी हुनेहरुका लागि २०७७ सालमा साउनदेखि मंसीरसम्म साढेसाती शनि दशा रहनेछ   ।

२. मिथुन राशी  यो राशी हुनेहरुका लागि २०७६ साल फाल्गुनदेखि २०७७ साल साउनसम्म अढैयाँ शनि दशा रहनेछ भने मंसीरदेखि पुन अढैयाँ शनि चल्नेदेखिन्छ ।

३ कन्या राशी यो राशी हुनेहरुका लागि साउनदेखि मंसीरसम्म अढैयाँ साढेसाती शनि चल्नेछ ।

४. तुला राशी तुला राशी हुनेहरुका लागि २०७६ फाल्गुनबाट २०७७ साउनसम्म अढैयाँ शनि चलिरहनेछ  र मंसीरदेखि पुन अढैयाँ शनि चल्नेछ ।

५. वृश्चिक राशी यो राशी हुनेहरुका लागि २०७७ साउनदेखि मंसीरसम्म अढैयाँ साढेसाती शनि चल्नेछ ।

६. धनु राशी धनु राशी हुनेहरुका लागि वर्षभरि नै अढैयाँ साढेसाती शनिको प्रभाव रहिरहनेछ ।

. मकर राशी यो राशी हुनेहरुका लागि वर्षभरि नै साढेसाती शनिदशाको प्रभाव रहने ग्रहगोचर छ ।

८. कुम्भ राशी कुम्भ राशी हुनेहरुका लागि २०७६ फाल्गुनबाट साढेसाती शनि चलिरहेको छ । साउनको अन्तिम साताबाट यसको प्रभाव हट्नेछ । भने मंसीरबाट पुन साढेसाती शनि चल्नेछ ।

कसरी अढैयाँ साढेसाती शनिको प्रभावबाट बच्ने त !

साढेसाती शनिको प्रभावबाट बच्न हरेक शनिबार सूर्यादय अगाडी तामाको भाँडोबाट जल चढाउने गर्नुपर्दछ । कालभैरवको पूजा गर्ने शनिदेवको पूजा गर्ने काम गर्नुहोस् । शनि मृत्युदय पाठ पढ्ने सुन्ने गरे साढेसाती शनिको प्रभावबाट मुक्ति पाइन्छ । साढेसाती शनि दशाको पूजापाठ गरे पनि यसको नकारात्मक प्रभावबाट छुटकारा मिल्दछ ।

 

Must View