लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय, लकडाउन वैशाख ३ गतेसम्म
1.9K
काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको अवधि पुनः एक साता लम्ब्याउने निर्णय गरेको छ । मन्त्रीपरिषद्को बैठकले चैत २५ गतेसम्मको लकडाउनको समय ८ दिन थपेर बैशाख ३ गते पुर्याएको छ ।
सोमबार बसेको समितिको बैठकले यो निर्णय गरेको हो । सुदुरपश्चिमलगायत देशका विभिन्न स्थानमा संक्रमितहरूको संख्या थपिदै जान थालेपछि लकडाउन अवधी थप्ने तयारी भएको हो ।
कोरोना संक्रमण फैलन नदिन यसअघि पहिलोपटक चैत ११ गते मंगलबार बिहान ६ बजेदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि मुलुकभरका अत्यावश्यक बाहेकका सबै सेवा र सम्पूर्ण आवतजावत बन्द गर्ने निर्णय गरेको थियो ।
दोस्रोपटक चैत १६ गते पुनः एकसाताका लागि लकडाउन लम्ब्याउने निर्णय भएको थियो ।