फ्रान्सका ६ सय सैनिकमा पनि कोरोना संक्रमण देखियो
1.4K
फ्रान्सका करिब छ सय सैनिकहरु कोरोना भाइरसबाट संक्रमित भएको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ । रक्षामन्त्री फ्लोरेन्स पार्लेले त्यसको पुष्टि गरेकी हुन् ।
फ्रान्सको स्वास्थ्य महानिर्देशनालयका प्रमुख जेरोम सालोमनले देशभर मृत्यु हुनेको संख्या सात हजार पुगेको बताएका छन्, संक्रमित हुनेको संख्या ८९ हजार ५ सय पुगेको छ ।
हाम्रा ६ सय सैनिकमा कोरोना भाइरस संक्रमण भएको छ। हामी स्थितिलाई राम्ररी अनुगमन गरिरहेका छौं, त्यही अनुसार कसरी भाइरसविरुद्ध लड्ने भनेर योजना बनाइरहेका छौं तर यसले महामारीको संकटका समयमा सेनाको भूमिकालाई कमजोर बनाउने छैन, पार्लेले भनिन्।