हेर्नुहोस् २०७७ सालका ५ भाग्यशाली राशिहरु,उच्च स्थानमा बृहस्पति, भाग्योदय र सुख समृद्धिको योग छ
भाग्यशाली राशिहरु। जसको भाग्योदय यसरी हुदैछ
२०७७ सालमा ५ राशीहरुको भाग्योदयको योग छ । ती ५ राशिका उच्च स्थानमा बृहस्पति बसेका छन् । जसबाट उनीहरुको जीवनका धेरै लाभदाय प्राप्त हुनेछ । आर्थिक उन्नती, पारिवारिक योग, प्रेम योग, व्यापारिक, शैक्षिक र नोकरीमा उच्च पदस्थान हासिल गर्ने ग्रहगोचर रहेको छ ।
१. बृष राशी भाग्यस्थानमा बृहस्पति बसेको हुदा बृष राशीको २०७७ सालभरि फलिफाप हुनेछ । नयाँ काममा सफलता प्राप्त हुनेछ । सन्तानबाट सुख, शैक्षिक क्षेत्रमा प्रगति हुने समय छ । बैदेशिक यात्राको अवसर र पुराना कार्यहरुमा सफलता मिल्नेछ । शत्रु पराजय, धामिक तीर्थयात्रा हुनेछन् । ऐस आराम जग्गाजमीन, सवारी साधन प्राप्त हुनेछन् ।
२. कर्कट राशी २०७७ सालको भाग्यशाली राशी कर्कट राशी हुने व्यक्तिहरुका लागि शुभ छ । कुण्डलीको सप्तमस्थान (दाम्पत्य तथा व्यापार व्यवसाय)मा बृहस्पती बसेका छन् । दाम्पत्य जीवनमा ठूलो सुख प्राप्ति मिल्नेछ । प्रेममा सफलता र दिगो हुने भएको प्रेम गर्ने जोडीहरुको लागि अति उत्तम वर्ष रहेको छ । व्यापार व्यवसाय अत्यन्त लाभदायक योग परेको छ । यात्राको अवसर र मनोबल उच्च रहनेछ । घरजग्गाको खरीद निर्माण लागि अति उत्तम समय रहेको छ र सफलता समेत मिल्नेछ । यात्राको शुभ योग पनि रहेको छ ।
३. कन्या राशी यो राशी हुने व्यक्तिहरुका लागि ०७७ साल अति भाग्यशाली बनेर आएको छ । राशीको पञ्चम स्थानमा बृहस्पति गएर बसेका छन् । जसबाट सन्तान सुख प्राप्त हुनेछ । मान सम्मान बृद्धि हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । सरकारी नोकरीमा पदोन्नती हुनेछ । रोकिएका धनहरु प्राप्त हुने योग परेको छ । सन्तान नभएकाहरुका लागि सन्तान प्राप्तिको योग रहेको छ । भाग्यमा बृद्धि हुनेछ । शैक्षिक क्षेत्रबाट विशेष प्रगति हासिल हुनेछ ।
४. धनु राशी यो राशी हुनेका लागि साँढेसाती शनि भएतापनि बृहस्पति द्धितिय स्थान (वाणी) मा गएर बसेका छन् । धन र शैक्षिको स्थानमा वृहस्पति बसेका हुनाले धनलाभ, शिक्षा प्राप्ति हुनेछ । धनवान शक्तिमान बनाउने योग परेको छ । शत्रुहरु परास्त हुनेछन् । सबैतिरबाट सहयोग र जताततै सफलता मिल्नेछ । सवारी साधनबाट बढी लाभ मिल्नेछ । आय आर्जनका क्षेत्रहरुबाट धन प्राप्त हुनेछ । रोकिएका कामहरु सहजै बन्नेछन् । फलामजन्य, लेखन तथा होटलव्यवसायबाट बढी लाभ मिल्नेछ । तर्कविर्तकमा तपाईको उच्च स्थान हासिल हुनेछ ।
५. मीन राशी यो वर्षको अति भाग्यशाली राशि मीन राशी हो । यो राशीको लाभस्थानमा गएर बृहस्पति बसेका छन् । जसबाट यो वर्ष जताततैबाट लाभै लाभ मिल्नेछ । सानो कामबाट पनि ठूलो लाभ हुनेछ । सन्तान सुख, मान सम्मान र इज्जत उच्च हुनेछ । रोकिएको धन प्राप्त हुनेछ । सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ र बढ्नेछ । लगानीको लागि अति उत्तम वर्ष रहेको छ । नयाँ व्यापार व्यवसायबाट राम्रो लाभ मिल्नेछ । शैक्षिक क्षेत्र पनि राम्रो रहेको छ । नयाँ जागीर पाउने र पद प्रतिष्ठा बढ्ने योग समेत रहेको छ ।
सम्बन्धित समाचार
ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
जग जिवन राम। श्रावण २९ सप्तरी सप्तरीको शम्भुनाथ नगरपालिका-५ स्थित पूर्वपश्चिम राजमार्गमा पश्चिम तर्फबाट पूर्व जाँदै गरेको ट्रक मंगलबार बिहान साढे ६ बजे दुर्घटना हुँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी
पहिरोले घर पुरिँदा २ जनाको मृत्यु
रोल्पामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । रोल्पाको सुनछहरी गाउँपालिका(४ स्युरी स्थित कामीडाडाँमा गएराति पहिरो जाँदा स्थानीय देउसिंह कामीको घर पुरिएको हो । पहिरोमा पुरिएर देउसिंहकी ६५ वर्षीया आमा बसुना सुनार र उनकी
सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायीको
सुबास जी सी काठमाण्डौ। सुपर माउण्टेन एभरेस्ट यातायात व्यावसायी प्रा लि ले आज देखि इलेक्ट्रिक यातायात संचालनमा ल्याएको छ। Video https://youtu.be/3ARCTR4U5qM?si=A9zK9CO5FKA9WU8x काठमाण्डौ बिजी ब्याङ्केटमा संचालित एक भब्य उद्घाटन समारोह मार्फत इलेक्ट्रिक गाडिहरुको
छुरा प्रहार गरि एक युवाको हत्या, छुरा
डिकेन्द्र बस्नेत, दमक । उर्लाबारी वडा नम्बर ५ स्थित उद्योग वाणिज्य संघको कार्यालय नजिकै सुवास लामाले आफ्नै घरमा एक युवकमाथि छुरा प्रहार गर्दा युवकको मृत्यु भएको छ । आज मंगलबार साँझ करिव साढे ७ बजे लामाले आफ्नै घरमा उर्लाबारी
डिकेन्द्र बस्नेत, दमक । दमक नगर इसाई
दमकस्थित रेडक्रस सोसाइटी दमक उपशाखाको रक्तसंचार विभागको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको दमक नगर इसाई समाजका अध्यक्ष पाष्टर आकाश थुलुङ राईले जानकारी दिनुभयो । अध्यक्ष पाष्टर राईका अनुसार साउन ९ गते बार्षिक कार्यक्रम अन्तर्गत
अबको १० वर्षमा हाम्रा बालबालिका बिदेशिनु
सुबास जिसी काठमाण्डौ हाम्रा लाखौ विद्यार्थीको रोजाइ विदेह अध्यन हुन्छ तर हजारको संख्यामा समेत विदेशी विद्यार्थी भने नेपाल भित्र्याउन हामि सकिएको छैन नेपालका लाखौ विद्यार्थीको रोजाइमा अस्ट्रेलिया, जापान, कोरिया,
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको
फ्रान्स देखि प्रशिक्षक ल्याउन र प्रशिक्षण
सुबास जी सी श्रावण ३ । पश्मिमा देशहरुले सार्वजनिक शिक्षाको विषयमा समाज र बिद्यालयमा धेरै बहस र अनुसन्धान गरेका छन् । त्यसबाट प्राप्त निष्कर्षले त्यहाँको विद्यालयहरुमा शिक्षा व्यवहारिक र जीवनोपयोगी देखिन्छ । त्यसैको