नागरिक पोष्ट News


कोरोनाबाट सार्क राष्ट्रमा १६० को मृत्यु, ७ हजार संक्रमित, जोन हप्किन्स विश्वविद्यालयको Report

1.9K

 विश्वव्यापी रूप लिएको कोरोनाबाट सार्क राष्ट्रहरुमा १६० मानिसको ज्यान गएको छ । यो क्षेत्रका झण्डै सात हजार मानिसमा कोरोनाको संक्रमण भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार, भारतमा हालसम्म ९९ जना मानिसको ज्यान गइसकेको छ । यहाँका ३ हजार ५ सय ८८ मानिसमा कोरोनाको लक्षण देखिएको छ ।

पाकिस्तानमा २ हजार ८ सय १८ मानिसको कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आउँदा ४१ मानिसको ज्यान गएको छ । संक्रमण र मृत्युदर बढ्दै गएपछि पाकिस्तानले सतर्कताका विभिन्न उपायहरू बढाएको छ ।

कोरोनाले बंगलादेशमा ८, अफगानिस्तानमा ७ र श्रीलंकामा ५ जनाको ज्यान गइसकेको छ । दक्षिण एसियाका ८ वटै देशमा कोरोनाको संक्रमण देखिए पनि मृत्यु भने ५ देशमा मात्रै भएको छ । ३ देश माल्दिभ्स, भुटान र नेपालमा हालसम्म कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सार्क राष्ट्रहरू मृत्यु संक्रमित
भारत ९९ ३५८८
पाकिस्तान ४१ २८१८
बंगलादेश ७०
अफगानिस्तान २९९
श्रीलंका १६६
माल्दिभ्स १९
नेपाल
भुटान
जम्मा १६० ६९७४

स्रोत : जोन हप्किन्स विश्वविद्यालय

Must View