अमेरिकामा कोरोनाबाट नेपालीहरु जोखिममा, ५ सयमा संक्रमण, पछिल्लो जानकारी सहित
2K
न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ जना नेपालीको निधन भइसकेको छ । गत मार्च २४ मा अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइटक्षेत्रमा बसोबास गर्दै आएका ५० बर्षिय अनिल लिम्बुको मृत्यु भएको थियो ।
आजमात्रै न्युयोर्कमा बस्दै आएका मुस्ताङका दुईजना नेपालीको निधन भएको खबर सार्वजनिक भएको थियो ।
झण्डै २० बर्षदेखि अमेरिकामा बस्दै आएका थोक्मे बिष्टको सन्नीसाइडमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । बिष्ट अपर मुस्ताङको लोमान्थाङका रहेको जनाइएको छ ।
विष्टको हिजो विहान ९ बजे घरमै निधन भएको र बेलुका ६ बजेतिर प्रहरी र मेडिकल टिम आएर शव लगेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
न्युयोर्कमा १५ दिनको अन्तरालमा ४ नेपालीको निधन, रहेनन् अजयमान छोंचुँ ‘आफू औषधी खाएर निको भएँ, आइसोलेसनमा बसेर परिवारलाई जोगाएँ’ : बेगम पण्डित, न्युजर्सी