नागरिक पोष्ट News


भारतमा कोरोना भाइरस बाट  १०६जनाको मृत्यु, ३ हजार ६७८ जना संक्रमित

2.5K

भारतमा कोरोना भाइरस बाट  १०६जनाको मृत्यु भएको छ भने ३ हजार ६७८ जना संक्रमित भएका छन् । पछिल्लो दुई सातामा मात्रै संक्रमित हुनेको संख्या ३ हजार २७५ पुगेको छ भने ९९ जनाको ज्यान गएको छ । मार्च ३० देखि अप्रिल ५ सम्म ७५ जनाले ज्यान गृमाइसकेका छन् । यो अवधिमा २ हजार ५३९ जना संक्रमित भएका छन् ।

अहिलेसम्म सबैभन्दा बढी महाराष्ट्रमा ३२ को ज्यान गइसकेको छ । तेलंगानामा १२ जनाको तथा मध्यप्रदेश र गुजरातमा ११–११ जनाको मृत्यु भएको छ । 

दिल्लीमा ७, पश्चिम बंगालमा ६ तथा राजस्थान, कर्नाटक र पंजाबमा ४–४ जनाले दम तोडेका छन् । तमिलनाडुमा ३ जनाले ज्यान गुमाउँदा हिमाचल, जम्मू–कश्मीर, उत्तर प्रदेश र केरलमा २–२ को मृत्यु भएको छ । 

बिहार, हरियाणा, चन्डीगढ र आन्ध्रप्रदेशमा १–१ ले ज्यान गुमाएका छन् । भारतमा मार्च ११ मा पहिलो संक्रमितको मृत्यु भएको थियो ।  

Must View