निम्न बर्गका समुदायलाई भू लक्ष्मी ग्रुप चितवनको सहयोग,सहयोग आवश्यक परे सिधा सम्पर्क गर्न आग्रह
भू लक्ष्मी ग्रुप चितवनले कोरोना संक्रमणका कारण भरतपुर-११ का दैनिक ज्यालादारी गरी दैनिकी टार्ने निम्न बर्ग समुदायलाई सहयोग गरेको छ । चितवनका युवा व्यवसायीको समुह भू लक्ष्मी ग्रुपले चितवनका विभिन्न स्थानमा पुगि दैनिक उपभोग्य वस्तु वितरण गरिरहेको छ ।
भू लक्ष्मी ग्रुपका प्रमुख कार्यकारी अधिकृत किरण आचार्यले दैनिक उपभोग्य वस्तुका साथै माक्स, सेनिटाइजर वितरण गरिरहेको बताए । सरकारको कामलाई सहयोग गर्ने उद्देश्य सहित थप Physician PPE १०० थान केही दिनमा गाऊँपालिकाका स्वास्थ्य चौकीहरुमा नि:शुल्क वितरण गरिने बारेमा जानकारी दिए।
बिशेष गरी दैनिकि आधारमा काम गर्ने मजदुर र चितवनमा बसेर पढ्ने गर्नु भएको परनिर्भर बिद्यार्थीहरुलाई दैनिकि टार्न र कोरोना संक्रमणबाट जोगिने कुरामा समस्या परेमा Tesla’s Toll Free Number 1660 56 51000 मा Call गरी सहयोग लिन सकिने आह्वान गरे। हाल पनि समस्यामा परेका घर परिवारलाई घर घरमा पुगेर सहयोग गरिरहेको उनले बताए ।