नागरिक पोष्ट News


४८ घण्टामै कोरोना भाइरस मार्ने औषधि पत्ता लगाए अष्ट्रेलियाका बैज्ञानिकले

4.7K

काठमाडौं । अष्ट्रलियाका बैज्ञानिकहरुले एन्टी प्यासाइटिक ड्रगले कोरोना भाइरसलाई ४८ घण्टामा मार्ने दाबी गरेका छन् । मोनास विश्वविद्यालयको बायोमेडिसिन डिस्कोभरी इस्टिच्युट र पिटर डोर्हेटी इन्स्टिच्युट अफ इन्फेक्सन एण्ड इम्युनिटीको संयुक्त अध्ययनले हाल बजारमा उपलब्ध एन्टि प्यारासाइटिक ड्रगको प्रयोगले ४८ घण्टाभित्र कोरोना भाइरस मार्न सकिने निष्कर्ष निकालेको हो ।

मोनास विश्वविद्यालयबाट नेतृत्व गरेका डाक्रट किलाई वागस्टाफले आइभरम्याक्टिन नामको ड्रगले कोरोना भाइरसको बढदो सेललाई ४८ घण्टामा बन्दा गरिदिने बताएका छन् ।

उक्त अध्ययनले सिंगल डोजले पनि सबै भाइरल आरएनएलाइए ४८ घण्टाभित्र हटाइसक्ने र २४ घण्टामै उल्लेखनिय सुधार आउने उनले दाबी गरे ।

आइभरमेक्टिन औषधि एफडिए अप्रुभ्ड ड्रग हो जुन एचआइभि, डेंगु, इन्फ्लुएन्जा र जिका भाइरसका विरुद्ध पनि प्रयोग गरिन्छ ।

Must View