नागरिक पोष्ट News


कोरोना भाईरस किन खतरनाक छ ? यस्तो छ वैज्ञानिक कारण

1.9K

कोरोना खासमा कस्तो भाईरस हो ? यसको उत्पत्ति कसरी भयो ? यो विश्वभरका वैज्ञानिकहरुले अनुसन्धान गरीनै रहेका छन् । पछिल्लो पटक अमेरीकाको जोन हप्किन्स विश्व विद्यालयका वैज्ञानिकहरुको अनुसन्धानले नयाँ तथ्य पत्ता लगाएको दावी गरिएको छ । जस अनुसार कोभिड १९ र फ्लु ( ईन्फ्लुएन्जा ) को लक्षण समान देखिएको छ । जब कि भाईरससगँ लड्ने शरीरको क्षमता भने एकै खालको छैन । दुवैलाई तुलना गर्ने एउटा कारण यो पनि हो कि कोरोना डिसेम्बरबाट फैलियो , जुन समय फ्लु फैलने समय पनि हुन्छ । तर इन्फ्लुएन्जा हरेक समय चिसो दिनमा हुन्छ र अधिकाश मानिसको शरीर केही हदसम्म यससगँ लड्ने तरीका सिक्न सक्षम हुन्छन् र शरीरको रोग प्रतिरोधात्मक क्षमता यसलाई सामना गर्न तयार हुन्छ । तर कोभिड १९ को मामला फरक छ । किन कि यो भाईरस नयाँ हो र अहिले कुनै पनि मानिसको शरीरसगँ यससगँ प्रतिरोध गर्ने शक्ति तयार भएको छैन । विश्व विद्यालयका अनुसार मानव शरीरको प्रतिरोधी क्षमता यस भाईरसको लागि तयार नहुनले अधिक खतरनाक कुरा हो । यसै कारणले सरकारले यस भाईरस रोक्नका लागि कडा कदम चाल्नु परेको छ । यस भाईरसको जिनोममाथि शोध गरीरहेका वैज्ञानिकहरुका अनुसार एक खालको ईन्फ्लुएन्जा भाईरसले आफैलाई बदल्छ अर्थात म्युटेट गर्दछ तर कोरोनाले आफैलाई बदल्ने कुनै प्रमाण फेला परेको छैन । भाईरस कति घातक छ भनेर जहिले पनि यसले कति छिटो आफूलाई बदल्छ या म्युटेट गर्छ भन्ने कुरामा निर्भर रहन्छ । ती वैज्ञानिकहरका अनुसार उनीहरुले यस भाईरस विरुद्ध भ्याक्सिनका लागि काम गरीरहेका छन् । यसको भ्याक्सिन तयार गर्न कम्तीमा डेढ बर्ष या अधिक समय लाग्न सक्ने छ । यस कठिनाईसगँ जुध्नका लागि वैज्ञानिकहरुले खास प्रोटिनमाथि काम गरीरहेका छन् ताकि यो भाईरसले आफैलाई बदल्छ भने पनि भ्याक्सिनले काम गर्न सकोस् ।

के हो कोरोना भाईरस ?  कोरोना भाईरस अरु जस्तै कुनै जिउदो जीव होईन । तर प्रोटिनमोलिक्युल ( आरएनए ) यसको आकार आखाँको आईलेन्सको चौडाईको एक हजार हिस्सा जत्रो छ । जब यो आखाँ र नाकको बाटोबाट शरीरमा प्रवेश गरे पछि कोशीका जेनेटिक कोडलाई बदलिदिन्छ । त्यस पछि यो आक्रामक र मल्टीप्लायर सेल्समा बदलिदिन्छ । शरीर भित्र गए पछि यसले मानिसलाई सास फेर्न कठिन बनाउछ । यसले शुरुमा घाटी आसपासमा रहने कोशिकामाथि हमला गर्दछ । त्यस पछि सास नलीबाट यो फोक्सोमा पुग्दछ । जहाँ एउटा फ्याक्ट्री जस्तै भाईरसको तीव्र वृद्धि हुन्छ र यसको संख्या बढ्छ । नयाँ कोरोना भाईरसले बाकीँ कोशिकामाथि आक्रमण गर्दछ । यद्यपि, केही मानिसमा शुरुवाती समयमा यसको लक्षण देखिन थाल्दछ । वैज्ञानिकहरु भन्दछन् कि कोरोनाको इृन्क्युवेसन अवधि करीब १४ दिनको हुन्छ । तर धेरै जसोमा यो फरक फरक हुन्छ औसतमा यो पाचँ दिन सक्रिय हुन्छ ।

एक अर्काबाट अलग्गै रहनु उत्तम उपाय

यस भाईरस फैलन नदिने एक मात्र उपाय आईसोलेसन भएको वैज्ञानिकहरुको भनाई छ । जो पनि मानिसलाई सर्दी खोकी, ज्वरो र सास फेर्न कठिन भएको छ उनीहरुले आफुलाई अरुबाट टाढा राख्नु पर्दछ । कम्तीमा सात दिन अलग्गै रहनु पर्दछ । बिरामीलाई सहयोग गर्नेले पनि कम्तीमा ६ फिट दुरी राख्नु पर्दछ । छुन हुदैन र बिरामी र सहयोगी दुबैले मास्क लगाउनु पर्दछ । जहाँ थुकको कण फैलने संभावना हुन्छ जस्तै टेबल, कुर्सी, भाडाँ वर्तन यसलाई पञ्जा लगाएर मात्र चलाउनु होस् । त्यस्ता सामाग्रीहरुलाई तातो पानीले पटक पटक धुने गर्नुहोस् । वैज्ञानिकहरुको सुझाव छ ।

 

Must View