नागरिक पोष्ट News


चीनको राज : अन्तत, ट्रम्पले अमेरीकी जीवनलाई चीनको हातमा यसरी राखिदिए

4K

समान्था भिनोग्राद

चीन, ह्वाइट हाउसले एक “रणनीतिक प्रतिस्पर्धी” ठानेको, एक देश जो अमेरीका विरुद्ध सक्रिय अभियान चलाईरहेको, एक अधिनायकवादी राज्य जसले मानवअधिकार उलंघन गरीरहेको र अमेरीकी अर्थतन्त्रबाट लाभ लिईरहेको भनेर ह्वाईट हाउस अर्थात अमेरीकी प्रशासनले भनेको देश हो चीन । यस्तो देश, जो अमेरीकाको स्वास्थ्य र जीवनशैलीका लागि पर्याप्त खतरा भनेर स्टेट सेक्रेटरी माईक पोम्पेओले भनेका छन् । अझ कोरोना भाईरसको प्रकोपको तथ्य ढाकछोपको आरोप लागेको देश चीन । त्यही चीनः जसबाट अमेरीकीहरुको जीवन बचाउन उपकरणहरु आपुर्तिका लागि भर पर्न बाध्य छ ।

विकृत र टार्न नसकिने अवस्था यो छ कि चीनले शुरुमै प्रकोप फैलिन शुरु गर्दै खेरी यसलाई ढाकछोप गर्दा विश्वभर भाईरस फैलियो तर अहिले चीन यस्तो उचित ठाँउमा पुग्यो कि उसले महामारी र मृत्युदरबाट फाईदा लिनेछ ।

न्यूयोर्कका गभर्नर एन्ड्यु कुमोले शनिबार भनेका थिए कि चिनियाँ सरकारले राज्यलाई १,००० भेन्टिलेटरहरू सहयोग पठाएको छ । यस अघि नै चीनबाट १७ हजार भेन्टिलेटर ल्याउन न्यूयोर्कले अर्डर गरीसकेको छ ।

अमेरिकी गुप्तचर अधिकारीहरुले चीन विश्वव्यापी आर्थिक पहुँच विस्तारमा लागेको बुझेका छन् । महामारीको केन्द्र चीनबाट ईटाली हुदै अहिले अमेरीकामा बसाई सरेको छ । अप्रील ४ सम्म ३ लाख बढी संक्रमितहरु देखिएका छन् । ट्रम्पको तयारीको अभावले चीनलाई आफ्नो विस्तारका लागि ढोका खोलिदिएको छ । ट्रम्प प्रशासनले महामारी आउनु पुर्व नै पर्याप्त मात्रामा भण्डारण र मुख्य वितरणको तयारी गर्नु पर्दथ्यो ।

डिफेन्स एक्ट प्रयोग गर्न हप्ता दिन सम्म हिचकिचाएर ट्रम्पले स्थितिलाई अझ खराब पारे । अन्ततः उनले लागू गरेपछि प्रत्यक्ष सामाग्री र अन्य स्रोतहरु उपयोग गरेर भेन्टिलेटर र एन–९५ मास्क उत्पादन गर्न घरेलु उत्पादकहरुलाई सहयोग पुर्यायो । शुक्रबार उनले व्यक्तिगत सुरक्षा उपकरण निर्यातमा कटौती गरे जतिखेर ७ हजार बढी अमेरीकीहरुको ज्यान गईसकेको थियो । ट्रम्पको पछिल्लो कदमका बाबजुद पनि अमेरीकाले अझै पनि स्वास्थ्यकर्मी र बिरामीहरुको आवस्यकता पूरा गर्न अत्यावस्यक उपकरणहरु पर्याप्त उत्पादन गर्न सकेको छैन । महामारी विरुद्ध प्रशासनको पूर्व तयारीको असफलताले मानिसहरुले जहाँबाट भए पनि उपकरण पाउनु बाहेक अर्को विकल्प नै पाएनन् । न्यूयोर्कका गभर्नर एन्ड्यु कुमोले शनिबार भनेका थिए कि चिनियाँ सरकारले राज्यलाई १,००० भेन्टिलेटरहरू सहयोग पठाएको छ । यस अघि नै चीनबाट १७ हजार भेन्टिलेटर ल्याउन न्यूयोर्कले अर्डर गरीसकेको छ । यसैबीच, निजी व्यवशायी नागरिकहरू जस्तै प्याट्रीयोट मालिक रोबर्ट क्राफ्टले चीनबाट फेस मास्कहरु ल्याएका छन् । चीनको शीर्ष मेडिकल उपकरण निर्माताहरुले भेन्टिलेटरको माग तत्काल विश्वभरका अस्पतालमा उपलव्ध रहेको भन्दा १० गुणा बढी माग रहेको जनाएका छन् । यद्यपि, चीनीया सूचनाका स्रोतहरु त्यति विस्वसनीय हुदैनन् । चीनका सरकारी अधिकारीले देशमा २१ वटा आक्रामक भेन्टिलेटर उत्पादक कम्पनीहरु छन् । उनीहरुले विदेशबाट कम्तीमा २० हजार भेन्टिलेटर अर्डर गरेका छन् । यसरी हेर्दा चीनको उत्पादन निरन्तर बढ्ने देखिन्छ ।

यो दुवै एकातिर चीनको अर्थव्यवस्थाको लागि वरदान हो र अर्कोतिर चिनियाँ कम्युनिष्ट पार्टीको लागि ठूलो प्रोपोगाण्डाको बिन्दु हो । उनीहरूले पार्टीलाई विश्वव्यापी नेताको रूपमा चित्रित गर्ने कोसिस गरेका छन् कि जब संकट आईपर्दछ त्यसको रेस्पोन्समा हामी छौं भनेर । यद्यपि, उ सुचना दबाएर हप्ता दिन सम्म भाईरस फैलन दिन जिम्मेवार छ ।

संयुक्त राज्य अमेरीकाले भाईरस नियन्त्रणका लागि संघर्ष गरीरहेको छ । संक्रमितहरुको उपचार गर्न र पर्याप्त औषधीहरुको आपुर्ति पाएको चीनले पोष्ट भाईरस भएको दाबी गर्दै अहिले हामीले नसक्ने दरमा निर्यात गरीरहेको छ । महिनौको बन्दाबन्दी ( लकडाउन) पछि आफ्नो आर्थिक शुन्यता भर्दै चीनले आफ्नो आर्थिक क्षेत्रमा बाउन्स फिर्ता लिदैछ । जब कि हामी भाइरसलाई सामना गरीरहेका छौं । उनीहरुसगँ रणनीति छ, हामीसगँ छैन । उनीहरुको विदेश नीति पनि ईतिहासमा कहिल्यै नभएको तहमा फैलिरहेको छ । हामीले यस खेललार्ई पहिले नै हेर्यौ कि अमेरीकी अधिकारी र चीनीयाहरुबीचको शाब्दिक युद्ध विगत केही दिनयता शान्त छ । ट्रम्प र पोम्पेओले चीनीया भाईरस, वुहान भाईरस भनेर बहुआयामिक मोर्चामा मिसफायर गरेको देखिन्छ । एसियाली–अमेरिकीहरू विरुद्ध अनावश्यक जातीय आक्रमण हुन सक्ने भएकोले मात्र होइन, यसले बाँकी विश्वमा समेत मिश्रित सन्देशहरू पठायो । विशेष गरी ट्रम्पले जनवरीमा भाइरसलाई जोगाउन चीनले गरेको प्रयासको प्रशंसा गरे । जी ७ बैठकमा अमेरीकाले कोरोना भाईरसलाई वुहान भाईरस भन्नु पर्नेमा अडान लियो जसमा अरु सदस्य राष्ट्रहरु सहमत हुन सकेनन् र साझा वक्तव्य जारी गर्न सकेन जी ७ ले जब कि पूर्ण एकता आवस्यक थियो यो समयमा । अब अमेरीकी नागरिकहरुको जीबन चिनियाँ कम्युनिष्ट पार्टीले संयुक्त राज्य अमेरिकामा चिकित्सा आपूर्ति गर्ने सहमतिमा निर्भर देखिन्छ । यसैले शाब्दिक युद्ध ठन्डा भएको छ । हामीलाई थाहा छैन कि ट्रम्प प्रशासनले फेरी चीनसँग पुरानो व्यवहार गर्ला भनेर । तर के कुरा स्पष्ट छ भने चीनलाई जानकारी छ कि यो संकटको चरणमा अमेरीकी प्रशासनले उसका नागरिकहरुको जीवन रक्षाका लागि चीनसँग चासो राख्ने छ र कम्युनिष्ट पार्टीलाई खुसी तुल्याउनु पर्नेछ आफ्ना लक्ष्यहरु पुरा गर्न । किनभने चिनियाँ अर्थव्यवस्था चीनीया कम्युनिष्ट पार्टीको औलामा निर्भर छ । यसले राज्यको आवस्यकता पूरा गर्न व्यापार र उत्पादनहरुलाई हेरफेर गर्न सक्छ । हामीले विगतमा व्यापार युद्धको समयमा स खेललाई देख्यौं जब सरकारले चीनमा काम गर्ने अमेरिकी कम्पनीहरूको बिरूद्ध अनावश्यक सरकारी निरीक्षण र ढिलो सीमा शुल्क हटाउने जस्ता प्रतिशोधात्मक उपायमा संलग्न रहेको थियो । यो महामारीको समयमा लागू हुन्छ जस्तै ः चीनसँग अमेरिकी जीवनमा निर्भर रहेको आपूर्तिको निर्यात घटाउने वा ढिला गर्ने क्षमता छ चीनीया कम्युनिष्ट पार्टीसँग छ । उनीहरूले हामीलाई ब्यारेलमा पक्रेका छन् । यस स्थितिमा अमेरीका मात्र एक्लो देश हैन अरु धेरै देशहरुमा पनि महामारीसगँ लड्न चीनको सहयोग र हात माथि छ । यसैबीच, चीनीया कम्युनिष्ट पार्टीले देश भित्र जे गरेका थिए भाईरस नियन्त्रणका लागि त्यही विदेशमा पनि लागू गराउन खोजिरहेका छन् । तिनीहरू भाइरस, यसको उत्पत्ति र फैलावटलाइ सम्बोधन गर्न उनीहरूको भूमिकाको बारेमा जानकारी फैलाउन सबै उपकरणहरू प्रयोग गर्दैछन् । अहिले ट्रम्प प्रशासन र अन्य अधिकारीहरूले तत्कालै अमेरीकीहरुको जीवन बचाउन के गर्नु पर्छ त्यो गर्नेछन् । चीनसगँको निर्भरता महंगो सावित हुनेछ भन्ने कुरामा ध्यान दिनु पर्दछ । डरलाग्दो वास्तविकता यो हो कि ट्रम्प प्रशासनले अमेरिकी जीवनलाई चिनियाँ हातमा राखिदिएको छ ।

लेखकः सिएनएनकी राष्ट्रिय सुरक्षा मामलाकी विज्ञ हुन् ।

–केवल न्युज नेटवर्कबाट भावानुवाद

Must View