जनस्वास्थ्य विज्ञहरुको चेतावनी : नेपालमा कोरोना संक्रमणको महामारी फैलनसक्छ, सावधानी अपनाऔ
नेपालमा कोरोना भाइरस (कोभिड–१९) को तीन नयाँ संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या नौ पुगेको छ ।
निबार सुदूरपश्चिममा एकसाथ तीन संक्रमित भेटिएका छन् ।
News Source : https://www.onlinekhabar.com/2020/04/851337
जनस्वास्थ्य विज्ञहरु यसलाई खतराको घण्टी मान्छन् र समयमा सतर्कता नअपनाउने हो भने कुनै पनि बेला कोरोनाले महामारीको रुप लिनसक्ने चेतावनी दिने गरेका छन् ।
यसका तीन कारण छन् :–
पहिलो : पहिलो पटक स्थानीयमा संक्रमण सरेको पाइयो
दोस्रो : भारतबाट आएकाहरुमा संक्रमण भेटियो
तेस्रो : संक्रमित व्यक्तिमा लक्षण देखिएको थिएन
शनिबार पोजेटिभ रिपोर्ट आएकामध्ये एक हुन्, धनगढी उपमहानगरपालिका ५ की ३४ वर्षीया महिला । यिनी नेपालका चौथा संक्रमितका आफन्त हुन् । ६ गते कतारबाट भारतको नयाँ दिल्ली हुँदै नेपाल आएका धनगढीस्थित घर पुगेका पुरुषबाट उनलाई कोरोना संक्रमण भएको आशंका गरिएको छ ।
किनकी विदेशबाट आएका पुरुष केही दिन घरमै बसेका थिए र ११ गते मात्र अस्पताल भर्ना भएका थिए । अहिले उनकै परिवारका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि हुनुले विदेशबाट आएका व्यक्तिबाट स्थानीय व्यक्तिमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । यसलाई सरकारले कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश भनेको छ ।