अस्ट्रेलियामा नेपाली विद्यार्थी संकटमा, एक नेपाली बिद्यार्थीमा कोरोना संक्रमण
रुघाखोकीको लक्षण देखिएपछि से’ल्फ आ’इसोलेसनमा बस्न अ’स्वीकार गरेर अस्ट्रेलियाको हो’बार्टमा एउटा ठूलो होटलमा काम गरिरहेका नेपाली युवामा कोरोनाभाइरसको पुष्टि भएको छ । ती नेपाली २० वर्षका विद्यार्थी भएको बताइएका छन् । उनी फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर हुँदै होबार्ट पुगेको अस्ट्रेलियाको मिडिया सेभेनन्यूजले जनाएको छ ।
ती नेपाली अहिले होबार्टको रो’यल होबा’र्ट अस्पतालमा स’न्तोषजनक अवस्थामा आ’इसोलेसनमा भएको स्वास्थ्य विभागले जनाएको छ ।
अष्ट्रेलियाका प्रधानमन्त्रीको घोषणापछि नेपाली विद्यार्थी अन्योलमाअष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको घोषणापछि नेपाली विद्यार्थीहरु प्रभावित हुने देखिएको छ। मरिसनले अष्ट्रेलिया आएको एक वर्ष नपुगेका विद्यार्थी आफ्नो देश फर्किन सक्ने बताएपछि विद्याथीहरु संकटमा परेका हन्। कोरोना भाइरसका कारण त्यहाँ रहेका धेरै विद्यार्थीहरुले आफ्नो जागिर गुमाएका छन्। जसका कारण पनि नेपाली विद्यार्थीहरुलाई अप्ठ्यारो स्थिति पैदा भएको छ। अधिकांस नेपाली विद्यार्थीहरुले होटल रेष्टुरेन्टमा काम गर्ने गर्छन्। तर अहिले कार्यस्थल बन्द हुँदा उनीहरुले काम गुमाउन परेको छ। अष्ट्रेलियामा करिब ५५ हजार नेपाली विद्यार्थी रहेका छन्।