नागरिक पोष्ट News


कोरोनाभाइरस संक्रमणका ४ चरणहरु :तेस्रो र चौथो चरण निकै भयाभहक र पीडादाय हुन्छ, कसरी लड्ने

3K

यस्ता छन् कोरोना संक्रमणका चार चरण –

पहिलो चरण भनेको आयातित संक्रमण अर्थात् संक्रमण फैलिएका मुलुकमा भ्रमण गरेका मानिसबाट मात्र भाइरस देशमा भित्रिनु हो । हिजोसम्म नेपालमा ६ जनालाई संक्रमण देखिएकोमा सबै विदेशबाट फर्किएका नेपाली थिए । त्यसैले नेपाल हिजोसम्म संक्रमणको पहिलो चरणमा थियो ।

दोस्रो चरणमा भाइरसको संक्रमण स्थानीय रूपमा फैलिन थाल्छ । बाहिरबाट आएका मानिसमा देखिएको संक्रमण स्थानीय मानिसहरू देखिने चरण दोस्रो चरण हो र अहिले विदेशबाट आएका एक नेपालीबाट परिवारकै सदस्यमा सक्रमण देखिएपछि नेपाल औपचारिक रुपमा दोस्रो चरणमा प्रवेश गरेको हो ।

तेस्रो चरणमा सामुदायिक रूपमा संक्रमण फैलिन्छ । यो चरणमा संक्रमित व्यक्तिसँग सिधै सम्पर्क बिना नै सर्ने चरण हो । यो सामुदायिक संक्रमणको अवस्था हो । यो अवस्था सम्म आइपुग्दा देशका धेरै क्षेत्र भाइरसबाट प्रभावित बनिसकेको हुन्छ ।

चौथो चरण भनेको महामारीको चरण हो । यो कोरोना भाइरसको अन्तिम र भयानक अवस्था हो । यो अवस्थामा पुगिसकेपछि भाइरसको प्रकोप रोक्न निकै कठिन हुन्छ । विश्वका शक्तिशाली मुलुकले समेत यो चरण रोक्न नसकेको अवस्थामा नेपाल यो चरणमा गयो भने हामीले रोक्न सक्ने अवस्था नै हुनेछैन ।

कोरोनासँग लड्ने क्षमता कसरी बढाउने ?

काठमाडौं । चीनको हुवेई प्रान्तस्थित वुहान शहरबाट सुरु भएको कोरोना भाइरसले विश्वभर बितन्डा मच्चाइरहेको छ । यस भाइरसका कारणले विश्वभर हजारौं मानिसले ज्यान गमाउनुपरेको छ । यस भाइरससँग लड्ने क्षमता बढाउन निम्न कुरामा ध्यान दिनु जरुरी छ । 

 

 -घरमा बनाएको ताजा र पोषिलो खानेकुरा खाने बानीको विकास गरौँ । 

 

-हरियो सागसब्जी, फलफूल, दूध र गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । 

 

-भिटामिन सी, बी ६, ई, जिनलगायत पोषण प्राप्त हुने खाना सेवन गरौँ । 

 

-खेल्ने बानी बसालौँ । नियमित व्यायाम, योग र हाइकिङ गरौँ । 

 

-भिटामिन डी प्राप्त गर्न बिहानको घाममा बसौँ ।

 

-चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ ।

 

-लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वाङ, सुकमेल, अलैँची, जाइफल, ज्वानोजस्ता मसलासहितको खाना खाने गरौँ । 

 नयाँपत्रिका

-भिटामिन सी पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

 

-पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिँचाइ गरौँ । 

 

-मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । 

 

-दिल खोलेर हाँस्ने गरौँ ।

Must View