नागरिक पोष्ट News


अस्कर अलीका कारण बैंकिङ क्षेत्र त्रासमा, ई-सेवाका ग्राहकहरु डाइभर्ट हुन खोज्दैछन्

2.2K

काठमाडौं । आफैँले दिएको ग्राहकको वेभसाइटभित्र अनधिकृत रुपमा प्रवेश गरी समाचार नै डिलिट गरिएको घटनापछि बैंकिङ क्षेत्रमा त्रास उत्पन्न भएको छ । 

घटना हो काठमाडौं प्रेसले भ्रष्टाचार समाचार लेखेपछि वेभ डेभलपर कम्पनी सिरान टेक्नोलोजीले काठमाडौं प्रेसलाई उक्त समाचार हटाउन दबाब दिएको थियो । तर सो दवावलाई काठमाडौं प्रेसले नमानेपछि सो कम्पनीले नयाँ एडमिन बनाएर त्यो समाचार डिलिट गरिदिएको थियो ।

यो घटनापछि बैंकहरु सम्भावित आक्रमणबाट आफ्नो बैंकलाई कसरी बचाउने भनेर चिन्तित हुन थालेका हुन् ।

यसरी समाचार डिलिट गरिएको विषय अनलाइन डेभलपर कम्पनी सिरान टेक्नोलोजीले स्वीकार गरिसकेको छ । यसमा आफ्नो संलग्नता स्वीकार गरेसँगै सो ग्रुपमा रहेका अन्य कम्पनीप्रतिको अविश्वास एकाएक बढ्दै गएको हो । सोही कारण कतिपय प्रयोगकर्ताले इसेवालाई बहिस्कार गर्ने अभियान चलाउँदै आफ्नो मोबाइलबाट उक्त एप्लिकेसन हटाउन सुरु गरिसकेका छन् । 

एफवान सफ्टले बैंकहरुको अनलाइन पेमेन्ट सिस्टमको काम गर्छ । इसेवाले भुक्तानी सेवा प्रदायक पीएसपी को सर्भिस हेर्छ भने सिरान टेक्नोलोजीले अनलाइन वा वेभसाइटहरुको डिजाइन, डेभलपमेन्ट र सपोर्टको काम गर्छ । 

अहिले देशका २७ वाणिज्य बैंकमध्ये २२ वटा वाणिज्य बैंकहरु एफवान सफ्टसँग आवद्ध छन् । मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भाइबर बैंकिङ जस्ता सेवाहरु सोही कम्पनीले बनाएको सफ्टवेयर मार्फत् नै सञ्चालन हुँदै आएका छन् । 

Must View