नागरिक पोष्ट News


कोरोनाको कोहर, लकडाउनको मारमा उदयपुर हिडेका ८ युवाहरु हनुमन्ते पुलमुनि ४ दिनदेखि भोकभोकै

2.3K

कोरोनाको कारण मुलुक यतिखेर लकडाउनमा छ । यसको असर ज्यालदारी गर्ने मजदुरमाथि परेको छ । कोही बाटामै अलपत्र परेका छन् । कोही भोकभोकै पर्न थालेका छन् । यही मारमा ८ युवाहरु हनुमन्ते खोलाको पुलमुनि चारदिनदेखि अलपत्र परेको खबर अनलाइन खबरले प्रकाशित गरेको छ । उनीहरुको अबस्था सुन्दा मुटु नै चसक्क हुन ।  पूर्णबहादुर सहित ८ जना युवाहरु मजदुरी गर्न उदयपुरबाट  काठमाडौ आएका थिए । तर कोरोना आतंकपछि लकडाउनले उनीहरुको काम रोकियो ।

ठेकेदार भागे, काम नभएपछि उनीहरु घर जाने सोचेमा हिडेका चार दिन अगाडी हनुमन्ते खोलामा आएर अड्किएका छन् । घर फर्कने गाडी नपाएपछि उनीहरु ४ दिनदेखि हनुमन्ते खोलाको पुलमुनि कष्टकर जीवन बिताइरहेका छन् । उनीहरुसँग भएको केही पैसा पनि सकिएको छ । खानेकुरा छैनद भोकभोर्क पर्न थालेको बताएका छन् । उनीहरुको एउटै माग छ सरकार हामीलाई घरसम्म पुर्याइदिने व्यवस्था गरिदेउ ।

बाँकी कथाव्यथा अनलाइनखबरमा प्रकाशित यो लिंकमा हेर्नुहोस्

हनुमन्ते खोलाको पुलमुनि ८ युवाको बास    - रोयल आचार्य

२०७६ चैत २२ गते १५:५६ मा प्रकाशित

 

Must View