नागरिक पोष्ट News


कैलालीका कोरोना संक्रमित युवक चैत ११ गतेको गैरिफन्टा नाकामा एक हजार जनाको भीडमा थिए

2K

 तस्बिरः सामाजिक सञ्जाल

काठमाडौं । कैलालीका २१ वर्षीय कोरोना संक्रमित युवक सरकारले लकडाउन घोषणा गरेपछि भारतबाट स्वदेश फर्किएको खुलासा भएको छ । 

सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन चैत १० गतेबाट देशव्यापी लकडाउन गरेपछि ती युवक गौरीफन्टा नाका भएर घर फर्किएको खुलासा भएको हो । 

चैत ११ गते नेपाल प्रवेश गर्नुपर्ने माग गर्दै गौरीफन्टा नाकामा नाराबाजीमा उत्रिएको भीडमा उनी सहभागी रहेको कैलाली प्रहरीले पुष्टि गरेको छ ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदीप गिरीले संक्रमित पुष्टि भएका युवक चैत ११ गते गौरीफन्टा नाकामा भएको नाराबाजीमा सहभागी रहेको पाइएको पुष्टि गरे । 

Source -https://baahrakhari.com/news-details/251919/2020-04-04

Must View