नागरिक पोष्ट News


उत्तर कोरीयामा कोरोना संक्रमणबारे भ्रम र यथार्थ यस्तो छ

2.4K

बीबीसी- उत्तर कोरीयाले आफ्नो देशम एक जनालाई पनि कोरोना भाइरसको संक्रमण नभएको दाबी गरेको छ। उत्तर कोरियाको यो दाबीमाथि अब शंका गर्न थालिएको छ।

उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको संक्रमण नफैलनुको प्रमुख कारण- बेलैमा चीनसँगको सीमा नाका बन्द गर्नुलाई बताउँदै आएको छ।

तर, दक्षिण कोरियामा रहेका अमेरिकी सेनाका वरिष्ठ कमान्डरले भने उत्तर कोरियाको यस दाबीलाई ‘झुठ’ र ‘असम्भव’ बताएका छन्।

बीबीसीसँगको एक अन्तरर्वातामा उत्तर कोरियाका एक विशेषज्ञले भने त्यहाँ संक्रमणलाई अस्वीकार गर्न नसकिने तर ठूलो स्तरम फैलन नसक्ने बताएका छन्।

पछिल्लो तथ्याङ्कअनुसार विश्वका करिब ११ लाख मानीसमा कोरोना भाइरसको संक्रमण भएको छ भने ५९ हजार बढीको मृत्यु भइसकेको छ।

‘उत्तर कोरियामा हालसम्म एक जना व्यक्तिलाई पनि कोरोना भाइरसको संक्रमण भएको छैन,’ उत्तर कोरियाको सेन्ट्रल एन्टी-इपिडेमिक मुख्यालयका निर्देशक पाक म्योंगले शुक्रबार समाचार एजेन्सी एएफपीलाई भनेका छन्।

उत्तर कोरियामा संक्रमण नदेखिनुको कारण उनले बताए, ‘हामीले संक्रमण रोक्नको लागि पहिल्यै देखि सक्रिय र वैज्ञानिक कदम चालेका छौं। जस्तै- विदेशबाट आएकाहरुको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा राख्ने। हामीले सबै सामानलाई पूर्ण रुपमा सेनिटाइज गरेका छौं। हाम्रा सबै जल, थल र वायु सीमा बन्दग गरेका छौं।’

उत्तर कोरियाको दाबी सत्य छ त ?

दक्षिण कोरिायमा रहेका अमेरिकी सेनाका कमान्डर जनरल रोबर्ट अबराम्सले उत्तर कोरियाको दाबी गलत भएको बताए। ‘हामीलाई जुन जानकारी प्राप्त भएको छ, त्यस हिसाबले म भन्न सक्छु कि यो असम्भव दाबी हो,’ उनले सिएनए र भ्वाइस अफ अमेरिकालाई संयुत्त रुपमा दिएको अन्तरवार्तामा भनेका छन्।

अन्तर्वार्तामा उनले उत्तर कोरियामा कति संक्रमित छन् त्यो भन्ने बताउन नसक्ने जनाए।

अमेरिकी वेवसाइट एनके न्यूजका प्रबन्ध सम्पादक आलिव हाटमले पनि उत्तर कोरियामा कोरोना भाइरस संक्रमण रहेको दाबी गरेका छन्। उनले भनेका छन्, ‘उत्तर कोरियामा एक जना पनि संक्रमित छैनन् भन्ने कुरामा विश्वास गर्न कठिन छ। किनकि यसको सीमा चीन र दक्षिण कोरियासँग जोडिएको छ। चीनसँग उत्तर कोरियाको जुन किसिमको व्यापारिक सम्बन्ध छ त्यसबाट त्यहाँ संत्रमण फैलिएको छैन भन्न गाह्रो हुन्छ।’ उनले उत्तर कोरियामा ठूलो मात्रा संक्रमण भने नफैलिएको बताए।

संक्रमण संकटको सामना

यसका कुनै शंका छैन- उत्तर कोरियाले अन्य देशको तुनामा कोरोना भाइरसको संक्रमणसँग जुध्न प्रभावकारी कदम चालको छ। उत्तर कोरियाले जनवरीमै आफ्ना सीमा नाका बन्द गरेको थियो।

त्यतिमात्र होइन, प्योङयाङ आउने विदेशीलाई पनि त्यतिबेला देखि नै क्वारेन्टाइनमा राख्न सुरु गरेको थियो, जति बेला चीनमा कोरोना भाइरसको संक्रमण तीव्ररुपमा फैलिइरहेको थियो।

एनके न्युजको रिपोर्टअनुसार उत्तर कोरियाले आफ्ना १० हजार नागरिकलाई आइसोलेशनमा राखेको थियो र ५ सय जना अहिले पनि क्वारेन्टाइनमा राखेको छ।

के उत्तर कोरियालीलाई कोरोना भाइरसबारे जानकारी छ?

आलव हाटमका अनुसार उत्तर कोरियाली धेरैलाई कोरोना भाइरसको बारे राम्रै जानकारी छ। उनले बीबीसीलाई भनेका छन्, ‘मिडिया कभरेज निकै राम्रो छ। हरेक दिन अखबारको एक पेजमा उत्तर कोरियाले कसरी घरेलु तथा अन्तर्राष्ट्रिय अवस्थासँग जुधिरहेको छ भन्ने जानकारी दिइएको छ।’

सोलस्थित कुकमिन विश्वविद्यालयका अनुसन्धानकर्ता फ्योडोर टेरटिटिस्कीका अनुसार उत्तर कोरियामा सर्वसाधरणलाई कोरोना भाइरससँग कसरी बच्ने भन्नेबारेमा सिकाइँदै आइएको छ।

 

Must View