अष्ट्रेलिया प्रधानमन्त्रीद्वारा विद्यार्थी र अस्थायी भिसा भएकाहरुलाई आफ्नै देश फर्किन सुझाव
4K
अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले कोरोना भाइरस (कोभिड– १९)को सङ्क्रमणका सम्बन्धमा सरकारको कदमबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको नियमित पत्रकार सम्मलेनमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई घर फर्किन सुझाएका छन् ।
मोरिसनले भाइरसको सङ्क्रमणका कारण आर्थिक रूपमा असहज परिस्थिति भएका विद्यार्थीहरु आफ्नै देशमा फर्किएर जाँदा नै राम्रो हुने उनले बताए ।
विद्यार्थीहरुप्रति क्रुर बन्दै मोरिसनले पढ्न आएको पहिलो एक वर्ष भित्रमा आर्थिक रूपमा अष्ट्रेलिया बस्न असहज भयो भन्नु उचित नभएको उनको भनाई छ ।
त्यस्तै, अन्य अस्थायी भिसा रहेकाहरुलाई पनि आफ्नै देश फर्कन उनले सुझाव दिएका छन् । अस्थायी भिसा भएकाहरुको जिम्मेवारी सरकारले लिन नसक्ने उनको भनाई छ ।