नागरिक पोष्ट News


३० प्रतिशत कोरोना संक्रमितमा कुनै लक्षणनै नदेखिने तर संक्रमण फैलाउनमा सबैभन्दा बढी घातक

2.8K

कोभिड–१९ अर्थात् कोरोनाभाइरसको संक्रमण विश्वव्यापी रुपमा द्रुत गतिमा फैलिरहेको सम्बन्धमा विभिन्न अध्ययन तथा अनुसन्धान भइरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो भाइरसका केही संक्रमित बिरामीमा प्रष्ट लक्षणहरु देखा नपर्दा उनीहरु संक्रमण फैलाउने माध्यम बन्ने गरेको पाइएको छ । चीनमा सुरुवाती चरणमा यस्ता संक्रमित एक देखि तीन प्रतिशतको हाराहारीमा पाइएका थिए 

यद्यपि हाल सरदर ३० प्रतिशत संक्रमितमा लक्षणहरु प्रष्ट नदेखिने विभिन्न अध्ययनले देखाएको छ ।अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसीपी) काअनुसार अमेरिकामा यस्ता २० प्रतिशत मामिला प्रकाशमा आएको छ । सीएनएन, फोर्ब्स र नेचरमा प्रकाशित रिपोर्टका अनुसार सबैभन्दा बढी जापानमा ३०.८ प्रतिशत, इटलीमा ३० प्रतिशत, इरानमा २० प्रतिशत, स्पेनमा २७ प्रतिशत र जर्मनीमा १८ प्रतिशत संक्रमितमा कोरोनाभाइरसको खास लक्षण नै पाइएको थिएन ।

यस्ता संक्रमितमा धेरैजसो युवा रहेको बताइएको छ । भारतमा पनि ‘असिम्प्टोमेटिक’ अर्थात कुनै खास लक्षणविना नै संक्रमित भएका बिरामी पाइएको भए पनि सरकारले त्यस्ता बिरामीको तथ्यांक जारी गरिसकेको छैन ।

चिनियाँ अखबार ‘साउथ चाइना मर्निङ्ग पोस्ट’ का अनुसार हुबेइ प्रान्तमा कोरोनाका ९० हजारभन्दा बढी मामिला प्रकाशमा आइसकेको छ । फेब्रुअरीको अन्त्यसम्म पनि तीमध्ये करिब ४३ हजारमा कुनै प्रकारको लक्षण नै देखिएको थिएन । केहीमा लक्षण देखा परे पनि नगण्यमात्रामा पाइएको बताइन्छ । पछि तीमध्ये २० हजारमा संक्रमण देखिएको थियो ।

Must View