नागरिक पोष्ट News


दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा उपस्थित चारसयलाई कोरोना भाइरस, नौहजारलाई क्वारेन्टाइनमा

2.2K

भारतको राजधानी दिल्लीस्थित निजामुदिन तबलिगी जमातमा भाग लिएका अधिकांशमा कोरोना भाइरसको संक्रमण देखापरेको छ ।

जमातमा भाग लिएका करिब चारसयजनालाई कोरोना भाइरस देखिएको छ भने करिब नौहजारलाई भारत सरकारले क्वारेन्टाइनमा राखेर परीक्षण गरिरहेको छ ।

कोरोना भाइरसको मुख्य केन्द्रको रुपमा परिचित भारतको तमिलनाडुमा फेला परेको ७५ कोरोना भाइरसका विरामी मध्ये ७४ जना जमातमा भाग लिएर फर्केका थिए ।

बुधबार मात्रै अहिलेसम्मकै बढी एकैदिन भारतमा ३०० जना संक्रमित भएको तथ्यांक बाहिर आएको छ । सो भाइरसका कारण अहिलेसम्म दुईहजार संक्रमित र ५० जनाको मृत्यु भइसकेको छ ।

- एजेन्सी

Must View