Salute ! डा. सुरज गुरौ, चालकनै भागेपछि कोरोना संक्रमित बृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुर्याए
बाग्लुगं चैत्र २१ । गत ४ चैतमा बेल्जियबाट आएकी बाग्लुङकी ६५ वर्षीया वृद्धामा कोरोना संक्रमण देखिएपछि बिहीबार बेलुका अस्पताल भर्ना गरिएको छ । कोरोनाको लक्षण नदेखिएको भन्दै उनी घरमै थिइन् ।
संक्रमण भएको रिपोर्ट आएपछि अस्पताल लैजान त्यति सहज भने भएन । उनलाई लिन द्यौलागिरि अञ्चल अस्पतालको एम्बुलेन्स गएको थियो । तर, एम्बुलेन्सचालक एक्कासि भागेका थिए । मेयरदेखि सिडिओ समेत पन्छिएपछि जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सुरज गुरौ अग्रसर भए । पिपिई लगाएर उनले वृद्धालाई आफ्नै गाडीमा राखेर अस्पताल पुऱ्याएका हुन् ।
ती वृद्धा छोरी भेट्न बेल्जियम गएकी थिइन् । कतार एयरको क्युआर– ६५२ विमानबाट उनी ४ चैतमै फर्किएकी थिइन् । सोही दिन उनी यति एयरलाइन्समार्फत पोखरा गएकोमा त्यहाँबाट स्कार्पियोमा बाग्लुङ गएकी हुन् । बाग्लुङकै अर्की कोरोना संक्रमित युवती र उनी सँगै फर्किएका थिए । आजको नयाँ पत्रिकाले खबर लेखेको छ ।