चीनले शुरु गर्यो सैनिक अभ्यास, जमिनबाट, आकाशबाट र समुन्द्रबाट हुने सबै खालका आक्रमण रोक्न
अमेरीकाले निरन्तरयुद्धपोत चीनीया सागरमा पठाएको विरोधमा
कोरोनाको भयंकर ठूलो महामारीमाथि बिजय पाए लगत्तै चीनले सैन्य अभ्यास शुरु गरेको छ । यो अभ्यास बुधबारबाट जारी छ । यसमा जमिनबाट, आकाशबाट र समुन्द्रबाट हुने सबै खालका आक्रमण रोक्नका लागि भएृको अधिकारीहरुले जनाएका छन् । चीनीया जनमुक्ति सेनाको जल,स्थल तथा हवाई युद्धको अभ्यास गरेको हो । कोरोनाले ग्रस्त हुदाँ हुदै पनि अमेरीकी लडाकु विमान र युद्धपोत चीनको नजिक दक्षिणी सागरमा निरन्तर आएर चूनौती दिन थाले पछि त्यसको जवाफ दिन यो अभ्यास गरिएको चीनले जनाएको छ । ग्लोबल टाईम्सका अनुसार सरफेस भेसल्स, पनडुब्बी र अत्याधुनिक युद्धक विमानहरुको यो अभ्यासमा सामेल छन् । जनमुक्ति सेनाको नेभी युनिटले जस्तो सुकै परिस्थिितिलाई सागरमा सुरक्षित गर्न सकिने बताएको छ । जनमुक्ति सेनाको साउदर्न थिएटर कमाण्डको मातहतमा यो अभ्यास गरिएको हो । यस अभ्यासमा हवाई आक्रमण विरुद्धको प्रत्याक्रमण, पनडुब्बीबाट हुन सक्ने हमलालाई निस्तेज पार्ने र प्रत्याक्रमण गर्ने, जमिनबाट हुन सक्ने आक्रमणलाई निस्तेज पार्ने लगायत २० प्रकारका युद्ध र आक्रमणसगँ सम्बन्धित बिषयमा अभ्यास भएको थियो । चीनले आफ्नो आकाश समुन्द्र र जमिनको कुनै पनि स्थितिमा सुरक्षा गर्न जनमुक्ति सेना सक्षम रहेको बताएको छ । अमेरीकाले थियोडोर रुजवेल्ट लगायत विध्वंशात्मक क्षमताका विमान बाहक युद्धपोत, लडाकु विमान र अन्य सबमरिनहरु चीनीया समुन्द्रतिर मार्च महिनामा पठाएको थियो । तर रुजवेल्ट युद्धपोतमा भने कोरोना देखिए पछि प्रशान्त महासागरबाटै अमेरीका फिर्ता भएको छ ।
डिसेम्बर ३० बाट फैलिएको कोरोनाले चीनमा ३२ सय मानिसको ज्यान गएको छ भने ८२ हजार प्रभावित भएका थिए ।
Source - मिर्मिरे अनलाइन