नोटबाट पनि भाइरस सर्न सक्छ ! कसरी बच्ने ?
2.7K
नोटमार्फत भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन । सामान्यतया फ्लुका भाइरस नोटमा झन्डै १७ दिनसम्म जीवित रहन्छन् । यस्तोमा एक व्यक्तिबाट अर्कोमा सजिलै सर्न सक्ने जोखिम हुन्छ । एन्फ्लुएन्जा भाइरस पैसाका माध्यमबाट सर्छ भन्ने पहिले नै पुष्टि भइसकेको छ ।
न्युयोर्क विश्वविद्यालयले गरेको अध्ययनअनुसार झन्डै तीन हजारभन्दा बढी किसिमका ब्याक्टेरिया पैसाका माध्यमबाट सर्न सक्छन् ।
अमेरिकामा प्रत्येक वर्ष ३६ हजार व्यक्तिले विभिन्न फ्लुका कारण ज्यान गुमाउँछन् । जसमध्ये करिब १० प्रतिशत ब्याक्टेरिया पैसाका माध्यमबाट एकबाट अर्कोमा सर्ने गरेको पाइएको छ ।
बच्ने उपाय
- संक्रमित व्यक्तिको सम्पर्क हुँदै सयौँजनाको हातमा पैसा स्थानान्तरण भइरहेको हुन्छ । यसले विभिन्न ब्याक्टेरिया तथा भाइरस पनि सँगै बोकेर ल्याएको हुन्छ । तसर्थ, पैसाबाट भाइरस सर्न नदिन सचेत हुन आवश्यक हुन्छ । पैसालाई सकेसम्म मुखको सम्पर्कमा लानुहुँदैन ।
- फोहोर हातले पैसा चलाउनुहुँदैन र बच्चाबाट समेत पैसा टाढा राख्नुपर्छ । बाहिरबाट आएपछि साबुनपानीले हात धुने बानी बसालेमा रोगका कीटाणुको संक्रमणबाट धेरै हदसम्म बच्न सकिन्छ ।