नागरिक पोष्ट News


भारतमा कोरोना संक्रमण बढ्दो पछिल्लो १ दिनमा २३ जनाको मृत्यु, नयाँ संक्रमित ६१५

1.5K

कोरोना भाइरसको फैलावट भारतमा पनि निरन्तर बढ्दै गएको छ । पछिल्लो १ दिनमा मात्रै ६०१ नयाँ संक्रमित थपिएका छन् भने २३ जनाको मृत्यु भएको छ । 

अहिलेसम्म भारतमा १ हजार ९ सय ९८ जना संक्रमित भएका छन् भने ५८ जनाको मृत्यु भएको छ। संक्रमितमध्ये १४८ जना पूर्णरुपमा ठिक भएका छन्।

विश्‍वभर बिहीबारसम्म ९ लाख ३५ हजार २२ जना संक्रमितको संख्या पुग्दा ४७ हजार १८९ जना मृतक पुगेका छन् । संक्रमितमध्ये मृतकको संख्या ५ प्रतिशत पुगेको छ

Must View