नागरिक पोष्ट News


ओहो, दार्चुला दुखिरहेको छ, यो संकटको घडीमा मानवीयता देखाउ सरकार !

1.7K

दार्चुला दुखिरहेको छ ..........................

तँ त सुदूरको होस् भनेर

मालिकले सँधै दूर गरेपछि

जीवनको दुरुहता मेटाउन

परिवारसँग दुरी बनाएर

दूर देशमा गएको मेरो भाई

 

प्रकृतिको कोपमा दुनियाँ टड्पिँदा

परिवारको मायाले आकुल

सुदिनको मोहपास त्यागेर

कयौं माइलको बाटो पैदल नाप्दै

दैलोमा फर्किआएको छ

 

जल्लाद जस्तो देखिने त्यो

बज्र लिएको जुंगामुठे

द्वारपाले रैतीलाई काखा

अनि पाखा गर्ने त्यही

निर्दयी मालिकको ईसारामा

भाईलाई भाईबाट दूर राख्न खोज्छ

 

म घरभित्रै बन्दी छु,

उ दैलोमा छ मेरो घरको ढोकामा

बाहिरबाट भोटे ताल्चा लगाउने

तँ को होस् यो मेरो बाउले बनाएको घर हो

यसमा मेरो भाईको पनि उत्तिकै हक लाग्छ

ओहो, दार्चुला दुखिरहेको छ ।

-  Arun Deo Joshi 

 

Must View