मुटु रोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा, सचेत हुन जरुरी : डा.भट्टराई
2.6K
वरिष्ठ मुटुरोग विशेषज्ञ तथा त्रिवि शिक्षण अस्पतालका सह-प्राध्यापक डा. अनिल भट्टराईले मुटु रोगीहरु भाइरस संक्रमणको उच्च जोखिममा रहेको बताएका छन् । भाइरसको संक्रमणबाट जोगिन मुटुरोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्ने पर्नेमा उनको जोड थियो ।
विश्वव्यापी तथ्यांक अनुसार कोरोना भाइरसले ६०-७० वर्षभन्दा बढी उमेर मानिसहरु बढी संक्रमित भएको देखिने गरेको छ । त्यसमा पनि दीर्घ रोगीहरुको धेरै मृत्यु भएको डा। भट्टराईले भिडियोमार्फत बताएका छन् ।
डा। भट्टराईले भने, ‘मुटुका रोगीहरु सबैभन्दा बढी सचेत हुनुपर्छ किनकी कोरोना भाइरस संक्रमित मुटुका रोगीहरुको मृत्युदर १० प्रतिशत रहेको छ’ । यो रोग आफै नआउने भएकाले बाहिर नगइकन घरमै बस्ने र अरुसँग सम्पर्कमा नआउने हो भने जोगिन सकिन्छ, आत्तिनु पर्दैन।’
कोरोना भाइरसका जोगिन डा भट्टराईको भिडियो सन्देश :