कोरोनाको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो हुने, २५ करोडको रोजगार गुम्ने - राष्ट्रसंघ
2.2K
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले कोरोना महामारीको संकट दोस्रो विश्व युद्ध पछि कै ठूलो चुनौति रहेको बताएका छन् । कोरोना महामारीको सम्भावित सामाजिक आर्थिक प्रभावको प्रक्षेपणको विषयमा रिपोर्ट सार्वजनिक गर्दै उनंले अहिलेको संकटले विगतमा नआएको मन्दी ल्याउन सक्ने चेतावनी दिए ।
महासचिव गुटरेसले कोरोना भाइरसले समाजलाई आक्रमण गरिरहेको भन्दै अहिले विश्वलाई एकताको खांचो रहेकोमा जोड दिए । राष्ट्रसंघको रिपोर्टले कोरोनाको प्रकोपका कारण विश्वभर २५ करोडले रोजगार गुमाउने अनुमान गरेको छ ।