आगामी दिन अमेरिकाका लागि पीडादायी हुने- डोनाल्ड ट्रम्प, २ लाख बढी अमेरिकी नागरिक हताहती हुने
राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुइ हप्ता अमेरिकाका लागि पीडादायी र कठिन हुने चेतावनी दिएका छन् भने ह्वाइट हाउसकै उच्च अधिकारीले कोरोना भाइरसको संक्रमणवाट १ लाख देखि २ लाख ४० हजारसम्म नागरिक मर्नसक्ने दावी गरेका छन् ।
राष्ट्रपति ट्रम्पले मंगलवार पत्रकार सम्मेलनलाई सम्वोधन गर्दै भने, म चाहन्छु, हरेक अमेरिकी नागरिकहरु यो कठिन अवस्थाको लागि तयार भएर वसुन ।
पत्रकार सम्मेलनमा ह्वाइट हाउस कोरोना भाइरस नियन्त्रण कार्यदलका वरिष्ठ विज्ञहरुले सोसियल डिस्टेसिंगले लाखौ जनताको जीवन कसरी वचाउंदै छ भन्ने स्लाइटहरु प्रदर्शन गरेका थिए ।
कार्यदलका वरिष्ठ विज्ञ डेवराव्रिक्सले सवै सम्भावित उपायहरुको कार्यान्वयन गर्दा पनि मृत्यु हुनेहरुको संख्या १ लाख देखि २ लाख ४० हजारसम्म पुग्ने दावी गरिन् , जुन संख्या भियतनाम युद्धमा मारिएका अमेरिकी नागरिकको भन्दा वढी संख्या हो ।