दाङमा डेरा लिएर लिएर बसेकी नर्सलाई निकालेको आरोपमा वडा सचिव पक्राउ
1.7K
आफ्नो घरमा डेरा गरेर बसेकी नर्सलाई निकालेको आरोपमा प्रहरीले दाङमा एक वडा सचिवलाई पक्राउ गरेको छ । आफ्नो घरमा डेरामा बस्दै आएकी एक नर्सलाई घरबाट निकालेको आरोपमा घोराही उपमहानगरपालिका वडा नम्बर २ का सचिव नारायण आचार्यलाइ प्रहरीले मंगलबार दिउँसो पक्राउ गरेको हो ।
कोरोना भाइरस सर्ने त्रासका कारण नर्सलाई घरबाट निकालेको उजुरीपछि वडा सचिवलाई सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । घोराहीको एक निजी अस्पतालमा कार्यरत नर्सलाई वडा सचिव आचार्यले आफ्नो घर घोराही उपमहानगरपालिका वडा न १८ नवलपुरको घरमा डेरा दिएकोमा गत शनिबार कोठा खाली गर्न लगाएको आरोप छ ।