नेपाल भ्रमण वर्ष २०२० औपचारिक रुपमै स्थगित
1.6K
सरकारले भ्रमण वर्ष २०२०को कार्यक्रम औपचारिक रुपमै स्थगित गरेको छ । चैत ९ गते बसेको मन्त्रीपरिसदको बैठकले उक्त निर्णय गरेको सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारिले जानकारी दिनुभएको छ। भ्रमण वर्षको प्रचार प्रसारका लागि स्थापना गरिएको भ्रमण वर्ष २०२० को सचिवालय पनि आगामी बैशाख १ गते देखि बिघटन गर्ने निर्णय भएको छ । सरकारले २०२० भर २० लाख पर्यटक भित्राउने उद्देश्यसहित सरकारले जनवरी १ मा यो अभियानको औपचारीक उद्द्घाटन गरेको थियो । विश्वव्यापी कोरोना भाइरसको सन्क्रमणका कारण यो अभियान स्थगित गर्नुपरेको हो ।